2026-09-14 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चालु आर्थिक वर्षको आय–व्यय अनुमान दोस्रो पटक संशोधन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रोपटक संशोधन गरेको छ ।
गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरेको सरकारले अहिले फेरि संशोधन गरेको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नुहँुदै चालु आर्थिक वर्षको सरकारको आय र व्यय संशोधन गरिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएकोमा यसवर्ष वार्षिक विनियोजनको ८९.४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान गरिएको छ ।
चालु खर्चतर्फ विनियोजनको ८८.५ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ८४.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ विनियोजनको ९७.६ प्रतिशत रहने संशोधन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ रू तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन गरेको थियो ।
अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्ष राजस्व परिचालन रू १२ खर्ब ६७ अर्ब ३९ करोड पुग्ने अनुमान गरिएको छ । यसवर्ष रू १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने सरकारको लक्ष्य थियो ।
त्यसैगरी वैदेशिक अनुदान र ऋण प्राप्ति पनि घट्न देखिएको छ । चालु आवका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य रहेकोमा अहिले त्यसलाई संशोधन गरेर रू ३४ अर्ब ८९ करोड बराबर मात्रै वैदेशिक सहायता अनुदान उपलब्ध हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि वैदेशिक ऋण रू एक खर्ब ६९ अर्ब साठी करोड बराबर परिचालन गरिने संशोधित अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ