2026-09-14 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मूल समारोह समितिले बिहीबार आयोजना गरेको ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस तथा ‘वल्र्ड समिटर्स समिट– २०२५’ का अवसरमा उहाँले पर्यटन नीति र पर्यटन ऐन छिट्टै ल्याइने सोही माध्यमबाट पर्यटन विकास गरिने उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले सरकारले नीति बनाएर निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानै विश्वास व्यक्त गर्नुभयो । सगरमाथा दिवसलाई आगामी दिनमा थप भव्य र गौरवमय बनाइने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा हिमालको संरक्षण तथा सरसफाइमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै सङ्घीय सरकारसँग समन्वय गरेर कोशी प्रदेश अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथा नेपालको शान, मान र गौरव रहेको भन्दै यसको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पुरानो पर्यटन ऐनलाई संशोधन गरेर पर्वतारोहणसम्बन्धी कामलाई प्राथमिकतामा राखिनुपर्ने खाँचो औँल्याउनुभयो ।

‘वल्र्ड समिटर्स समिट’ कार्यक्रममा कीर्तिमानी आरोहीहरूको समूहगत छलफल सत्र सञ्चालन गरिएको थियो । कीतिमानी आरोही मिङमा डेबिड शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, फुञ्जो लामा, कुञ्जाङ छोपेल शेर्पा, निमा रिञ्जी शेर्पा र दावा तेञ्जी शेर्पाले आरोहण अनुभव सुनाउनुभएको थियो ।

सरकारले पर्वतीय पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार मिङ्मा ग्याल्जे शेर्पालाई प्रदान गर्नुभयो । यो पुरस्कारको राशि रु एक लाख र कदरपत्र रहेको छ । अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

त्यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी (अध्ययन तथा अनुसन्धान) पुरस्कार शेर्पा बुकका लेखक प्रदीप बस्याल र अङ्कित अधिकारीलाई प्रदान गरियो भने तेञ्जिङ हिलारी (खोज तथा उद्धार) पुरस्कार लाक्पा नुर्बु शेर्पा र क्याप्टेन मौरिजियो फोलिनीलाई दिइएको छ ।

तेञ्जिङ हिलारी (कीर्तिमानी आरोही) पुरस्कार निमा रिञ्जी शेर्पा र पेमा डोमा महिला आरोही पुरस्कार लाक्पा शेर्पालाई प्रदान गरिएको छ । त्यसैगरी पर्वतीय पर्यटन र पर्वतारोहणका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ