३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ: सांसद भण्डारी

१७ जेष्ठ २०८२, शुक्रबार ११:४०

काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत÷साधनको उपयोग गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वमन्त्री भण्डारीले भन्नुभएको छ, “पर्यटन, जल, जमिन, भौगोलिक बनावट, जडीबुटी र कृषिलगायतका हिसाबले हिसावले धनी छ, तर यसको सदुपयोग हुन सकेको छैन ।”

सांसदसँग रासस संवादका लागि नेता भण्डारीसँग संविधान कार्यान्वयन र संशोधन, सङ्घीयता कार्यान्वयनको अवस्था, देशको आर्थिक विकासमा राजनीतिक दलको भूमिका, तथा मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

देशले गणतन्त्र प्राप्त गरेको आज १८ वर्ष भएको छ । तर, व्यवस्था फेरिएपनि जनताको अवस्था उस्तै छ । यो अवधिलाई फर्केर हेर्ने हो भने देशको आर्थिक अवस्थामा कुनै फरक आएको छैन । देशको बाह्य सम्वन्धमा तात्विक सुधार हुन सकेको छैन । त्यसकारण जबसम्म जनताको आवस्थामा परिवर्तन आउँदैन, तबसम्म गणतन्त्र दिवस मात्रै मनाउनुले कुनै अर्थ राख्छ जस्तो मलाई लाग्दैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । प्रजातान्त्रिक प्रणालीमा जो कोहीले पनि फरक मत राख्न पाउँछ । अहिले देशको राजनीतिक व्यवस्थाको विकल्प खोज्न सबै जनतालाई आधिकार छ । कसैले परक मत राख्दैमा त्यसको खेदो गर्नु हुँदैन । लोकतन्त्रमा जनताका असन्तुष्टिलाई सरकार र राजनीतिक दलले अन्यथा लिनु हुँदैन ।

संविधान पूर्ण छैन । संविधान जारी गर्ने बेलामा पनि धेरै विमतिहरु थिए । संविधानमा जनताका धेरै सवाल समावेश हुन सकेको छैन । यो संविधान जनताको मत विपरीत जारी गरिएको छ । त्यतिबेला राजनीतिक दलको सम्झौताका रुपमा यो संविधान जारी भएको हो । संविधान जारी गर्ने बेलामै राजनीतिक दलहरुले गल्ती गरेका छन् । अब यसलाई सच्याउनको निम्ति पनि संविधान संशोधन जरुरी छ । संविधान जारी गर्ने समयमा छुटेका जनताका सवाल र जारी भएको यो दश वर्षको अवधिलाई गहिरो गरी समीक्षा गरेर संशोधन गर्न जरुरी छ । संविधान संशोधनको विषयलाई सरकार र मुख्य राजनीतिक दलले सामान्य रुपमा लिनु हुँदैन ।

सरकार गठनका क्रममा कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायत सात राजनीतिक दलबीच संविधान संशोधन गर्ने सहमति भएको छ । तर आज सरकार बनेको ११ महिनासम्म पनि संविधानको विषय टुङ्गो लागेको छैन । संशोधनको नाममा जनतालाई भुलभुलैमा पार्नु हुँदैन । सरकारले मुख्यगरी जनताको भावनाअनुसार संविधानको विषय ल्याउनुपर्छ । संशोधन सरकारले बहुमतको आधारमा गर्नु हुँदैन । जसरी जारी गर्ने बेलामा सबै राजनीतिक दलको बीचमा सहमति भएको थियो । त्यसरी नै संशोधनमा पनि जनताको भावना अुनसार सबै दलको सहमति हुनुपर्छ ।

अहिलेको सङ्घीय संरचना अत्यन्त महङ्गो छ । सङ्घीयताबारे पनि गहिरो गरी समीक्षा गर्नुपर्छ । सङ्घीयताको नाममा अनावश्यक खर्च भइरहेको छ । युवा शक्ति विदेश पलायन हुनु देशको लागि बिडम्वनाको अवस्था हो । देशभित्र रोजगारी नपाएर मात्रै होइन । रोजगारी पाएका निजामति सेवा, नेपाल प्रहरी, नेपाली सेनापनि जागिर छोडेर विदेश पलायन हुँदै छन् । कोही अध्ययनको निम्ति भन्दै विदेश पलायन भएका छन । उनीहरुलाई देशभित्रै रोजगारी दिने, व्यवहारिक शिक्षा दिने र उपयुक्त सेवा सुविधा दिने विषयमा सरकारको ध्यानै जान सकेको छैन ।

वर्तमान सरकार मात्रै होइन, यसअघिका सरकारको पनि पर्याप्त ध्यान पुगेन । देश सुधार गर्न पहिला राजनीतिक दलमा सुधार जरुरी छ । राजनीतिक दल एकले अर्कालाई आरोप लगाए मात्रै हुँदैन । हामी नेताहरु सच्चिन जरुरी छ । हामी नेताहरु अहङ्कारी र गैरजिम्मेवार भएका छौँ । हामीमा म जस्तो कोही छैन भन्ने भ्रम पैदा भएको छ । यी सबै भ्रमबाट मुक्त भएर दल र दका नेताहरु सच्चिनुपर्ने अहिलेको आवश्यकता हो । त्यसपछि मात्रै देश बन्छ ।

म नै सर्वेसर्वो भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ । नेताले आफ्नो लागि होइन, जनताको निम्ति काम गर्नुपर्छ । हामी नेताहरु जनताप्रति उत्तरदायि हुनुपर्छ । जिम्मेवार हुनुपर्छ । सरकार र राजनीतिक दलले जनताको पक्षमा काम गर्नुपर्छ । सबैभन्दा पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन जरुरी छ । त्यसको निम्ति आफ्नै देशको पर्यटन विकासमा जोड दिनुपर्छ ।

बन्द भएका र रुग्ण अवस्थामा रहेका उद्योग÷कलकारखानाको सञ्चालन गर्नुपर्छ । हामीसँग पर्याप्त जल छ । त्यसको भरपूर उपयोग गर्दै रोजगारी सिर्जना गर्नुपर्छ । अहिलेसम्म देश विकास नहुनुमा नेताहरुले नैतिक जिम्मेवारी लिनुपर्छ । राजनीतिक दलका नेताले निर्वाचनको समयमा जनतासामु राखेका प्रतिबद्दता पूरा गर्ने गरी काम गर्नुपर्छ ।

अहिले पनि सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजना मलपत्र परेका छन् । मुख्य कुरा यो वर्तमान सरकारले विकासका योजनाहरू समयमै सम्पन्न गर्न नसक्नुको कारण र समाधानका उपायहरू खोज्न जरुरी छ । कुनैपनि निर्माणका कामहरु समयमै सम्पन्न गर्न जरुरी छ । सुशासनको निम्ति सरकारले भ्रष्टाचारीलाई कडा कारवाही गर्नुपर्छ । आफ्नो पार्टीको मान्छे हो भनेर कुनैपनि सरकारले आफ्ना नेता÷कार्यकर्ताको संरक्षण गर्नु हुँदैन । तर, अहिले यहाँ त्यही भइरहेको छ । भ्रष्टाचार अन्त्य गर्दै देशमा सुशासन कायम गर्न आम नागरिकको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए