३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रायलविनै लाइसेन्स! तीन यातायात कर्मचारी र लाइसेन्सधारीविरुद्ध मुद्दा दायर

१७ जेष्ठ २०८२, शुक्रबार १५:३४

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल परीक्षा नदिई वितरण गरिएको प्रकरणमा संलग्न तीन जना सरकारी कर्मचारी र एक लाइसेन्सधारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन कम्प्युटर अपरेटरले आर्थिक लेनदेन गरी सभ्यता केसी नामकी व्यक्तिलाई ट्रायल परीक्षा नै नदिई कार, जीप तथा डेलिभरी भ्यान चलाउन मिल्ने लाइसेन्स प्रदान गरेको तथ्य फेला परेको आयोगले जनाएको छ।

सोही आधारमा अख्तियारले रुपन्देही कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय, दाङ–तुलसीपुरस्थित यातायात कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर र लाइसेन्स प्राप्तकर्ता सभ्यता केसीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

उनीहरूले आपसी मिलोमतोमा सवारी चालक अनुमतिपत्रसम्बन्धी त्रुटिपूर्ण कागजात तयार गरी गलत तरिकाले लाइसेन्स प्रदान गरेको आयोगको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन