२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पीडितलाई न्यायको अनुभूति गराउनुपर्छ’

१७ जेष्ठ २०८२, शुक्रबार १५:५७

काठमाडौँ । सांसदहरुले पीडितलाई न्यायको अनुभूति हुने गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामाथिको छलफलमा सो कुरा बताएका हुन्।

सांसद इन्दिरादेवी गौतमले अहिलेका पदाधिकारीले विगत नदोहो¥याउने गरी र पीडितले न्यायको अनुभूति गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । “मानव अधिकारको गम्भीर उल्लङ्घनका दोषीलाई छुट दिन हुँदैन”,सांसद गौतमले भन्नुभयो, “पीडितलाई न्यायको महसुस हुने गरी दुवै आयोगले गम्भीरताका साथ काम गर्नुपर्छ ।”

सांसद जगप्रसाद शर्माले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन राजनीतिक दलहरु दलीय स्वार्थभन्दामाथि उठेर काम गर्नुपर्ने र यतिका वर्षको प्रतिपक्षपछि पीडितले न्यायको अनुभूति दिनुपर्ने बताउनुभयो ।

सांसद मनरुपा शर्माले बेत्तपा भएका व्यक्ति अहिले पनि आउँछन कि भन्ने लागिरहेको र मृतक घोषणा गर्न नपाएको दुःखद अवस्था भएको बताउनुभयो ।

सांसदहरुको सवालपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गर्तौलाले पीडितलाई न्यायको महसुस हुने गरी काम गर्ने र हरेक काम पीडितमैत्री हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पीडितको नाम छुट्यो भन्ने अवस्था पनि नआउने गरी पीडितसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । बेपत्ता आयोगमा दुईहजार पाँचसय ४२ उजुरी रहेका छन् । एकहजार तीन सय ३९ पीडितलाई परिचयपत्र वितरण गरिसकेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले सङ्क्रमणकालीन न्यायको प्रतीक्षा बसेका पीडितलाई न्याय दिने विषयमा मूलरुपमा काम गरिने बताउनुभयो । उहाँले आफूहरु हालै आयोगमा नियुक्त भएको र हालसम्मका उजुरीका बारेमा अध्ययन गरिरहेको स्पष्ट पार्नुभयो । आयोगमा छ हजार चारसय उजुरी दर्ता भएका छन् ।

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ