2026-06-30 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पीडितलाई न्यायको अनुभूति गराउनुपर्छ’

काठमाडौँ । सांसदहरुले पीडितलाई न्यायको अनुभूति हुने गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामाथिको छलफलमा सो कुरा बताएका हुन्।

सांसद इन्दिरादेवी गौतमले अहिलेका पदाधिकारीले विगत नदोहो¥याउने गरी र पीडितले न्यायको अनुभूति गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । “मानव अधिकारको गम्भीर उल्लङ्घनका दोषीलाई छुट दिन हुँदैन”,सांसद गौतमले भन्नुभयो, “पीडितलाई न्यायको महसुस हुने गरी दुवै आयोगले गम्भीरताका साथ काम गर्नुपर्छ ।”

सांसद जगप्रसाद शर्माले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन राजनीतिक दलहरु दलीय स्वार्थभन्दामाथि उठेर काम गर्नुपर्ने र यतिका वर्षको प्रतिपक्षपछि पीडितले न्यायको अनुभूति दिनुपर्ने बताउनुभयो ।

सांसद मनरुपा शर्माले बेत्तपा भएका व्यक्ति अहिले पनि आउँछन कि भन्ने लागिरहेको र मृतक घोषणा गर्न नपाएको दुःखद अवस्था भएको बताउनुभयो ।

सांसदहरुको सवालपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गर्तौलाले पीडितलाई न्यायको महसुस हुने गरी काम गर्ने र हरेक काम पीडितमैत्री हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पीडितको नाम छुट्यो भन्ने अवस्था पनि नआउने गरी पीडितसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । बेपत्ता आयोगमा दुईहजार पाँचसय ४२ उजुरी रहेका छन् । एकहजार तीन सय ३९ पीडितलाई परिचयपत्र वितरण गरिसकेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले सङ्क्रमणकालीन न्यायको प्रतीक्षा बसेका पीडितलाई न्याय दिने विषयमा मूलरुपमा काम गरिने बताउनुभयो । उहाँले आफूहरु हालै आयोगमा नियुक्त भएको र हालसम्मका उजुरीका बारेमा अध्ययन गरिरहेको स्पष्ट पार्नुभयो । आयोगमा छ हजार चारसय उजुरी दर्ता भएका छन् ।

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ