३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रक्षा खर्चमा ‘कडा प्रेम’ गर्नुभन्दा प्रेम नगर्नु राम्रो : इयू प्रमुख कल्लास

१८ जेष्ठ २०८२, शनिबार १७:३५

युरोपेली सङ्घका कूटनीतिक प्रमुख काजा कल्लासले ट्रम्प प्रशासनको ‘कडा प्रेम’पछि युरोपेली महाद्वीपले रक्षा खर्च बढाउन लागेको बताउनुभएको छ ।

सिङ्गापुरमा आयोजित ‘साङ्ग्रिला डिफेन्स फोरम’मा बोल्दै अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य खर्चका लागि गरेको आग्रहलाई ‘कडा प्रेम’ भन्नुभएको थियो ।

“यो प्रेम हो । त्यसैले प्रेम नगर्नुभन्दा यो राम्रो हो,” हेगसेठको भाषणबारे पछि सोधिएको प्रश्नमा कल्लासले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो राष्ट्रहरूलाई रक्षा खर्च बढाउन निरन्तर दबाब दिँदै कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतसम्म माग गर्दै वासिङ्टनले अब कसैको लागि भार बहन गर्न नसक्ने बताउनुभएको थियो ।

कल्लासले भन्नुभयो, “युरोपमा विभिन्न देशहरू छन् र हामीमध्ये केहीले धेरै पहिले नै महसुस गरिसकेका छौँ कि हामीले रक्षामा लगानी गर्नुपर्छ।”
“यो राम्रो कुरा हा, हामीले अझ बढी गरिरहेका छौं, तर म के कुरामा जोड दिन चाहन्छु भने युरोपको सुरक्षा र प्रशान्त क्षेत्रको सुरक्षा धेरै हदसम्म एकअर्कासँग जोडिएको छ,” उहाँले भन्नुभयो ।

कल्लासले युक्रेनतर्फ सङ्केत गर्दै भन्नुभयो, “युक्रेनमा पहिलेदेखि नै उत्तर कोरियाली सैनिकहरूसक्रिय थिए र चीनले रूसलाई सैन्य हार्डवेयर प्रदान गरिरहेको थियो।”

“अमेरिकी रक्षामन्त्रीको भाषणमा चीनबारे केही कडा सन्देशहरू आएका थिए,” कल्लासले भन्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई के लाग्छ भने यदि हामी चीनबारे चिन्तित छौँ भने रुसको बारेमा पनि चिन्तित हुनुपर्छ । इयूले एशिया–प्रशान्त क्षेत्रमा रक्षालगायत क्षेत्रमा ‘हाम्रो पारस्परिक हितमा साझेदारी’ निर्माण गर्न चाहेको थियो ।”

इयूले एशिया–प्रशान्त क्षेत्रमा रक्षालगायत क्षेत्रमा ‘हाम्रो पारस्परिक हितमा साझेदारी’ निर्माण गर्न चाहेको थियो ।

“युरोपेली सङ्घले गियर परिवर्तन गरेको छ र कडा प्रतिरक्षाको साथ समर्थित शान्ति परियोजनाको रूपमा हाम्रो आफ्नै मापदण्डलाई पुनः कल्पना गरेको छ,” कल्लासले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामी द्रुत गतिमा विश्वव्यापी सुरक्षा साझेदार बनिरहेका छौँ ।”

यसअघि, ‘साङ्ग्रिला डिफेन्स फोरम’मा हेगसेठले सम्मेलनमा प्रतिनिधिसँग भन्नुभएको थियो, “हामी युरोपमा रहेका हाम्रा सहयोगीहरुलाई उनीहरूको प्रतिरक्षामा लगानी गर्नका लागि उनीहरूको आफ्नै सुरक्षाको स्वामित्व लिन दबाब दिइरहेका छौँ । यसका लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद, उनीहरूले कदम चालिरहेका छन्।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली