३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाख्रा उपहार पाएपछि महिला खुसी

१९ जेष्ठ २०८२, आईतवार ०७:२८

ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो । गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ । दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो ।

गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ । यसै साता मात्र काठेखोला –७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन् ।

स्थानीय सीमादेवी थापाका अनुसार बाख्रापालनले जीविकोपार्जनमा सहज भएको छ । पछिल्लो समय गाउँमा बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस रहेको छ । उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रूपमा चलेको छ ।

उहाँले भन्नुभयो, “गाउँपालिका र हेफर संस्थाले हाम्रा लागि निकै राम्रो काम गर्यो, पहिले बाख्रापालन गर्ने चलन कम थियो, अहिले गाउँमा धेरैले बाख्रा पाल्न थालेका छन्, प्रत्येक घरमा एकदुईवटा बाख्रा देखिन्छन्, अप्ठ्यारो परेका बेला एउटा बाख्राको पाठो बेचेर भए पनि गर्जो टर्छ, पहिले रु दुईचार हजार आवश्यक पर्दा ऋण गर्नुपथ्र्यो, अहिले एउटा पाठो बेचे आउँछ ।”

काठेखोला गाउँपालिकामा उत्पादन भएका खसीबोकाले बागलुङ बजारमा मासुको आपूर्ति हुँदै आएको छ । वडा नम्बर ४ स्थित महिला समूहले हरेक वर्ष लाखौँको खसीबोका बिक्री गर्दै आएका छन् । बिहुँ, लेखानी, रेश, तङ्ग्रामलगायत गाउँका किसानले उत्पादन गरेको तरकारी र दूधले समेत बागलुङ बजारमा स्थान पाएका छन् । यद्यपि उचित मूल्य नपाएको गुनासो भने किसानले गर्दै आएका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बढ्दो बसाइँसराइ रोक्नका लागि आफूहरूले नागरिकलाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । तीन सय ६० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेकामा हालसम्म दुई सय ४० मात्र वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली