२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको : पुष्पकमल दाहाल प्रचण्ड

१९ जेष्ठ २०८२, आईतवार १७:११

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा आयोजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यथास्थितिवादको राजनीति संविधान र गणतन्त्रका लागि खतरा बनेको बताएका हुन् । उनले भने, ‘संविधानको रक्षाको पक्षमा उभिनेहरूसँग कार्यगत एकता वा तालमेल हुनसक्छ । तर, प्रतिगमनको नाममा भ्रष्टाचारलाई संरक्षण गर्ने र इमानदारमाथि कारबाही गर्ने कार्यहरूलाई समर्थन गर्न सकिन्न । तर अहिले प्रतिगमनले जसरी टाउको उठाएको छ त्यो गणतन्त्र समर्थन गरिदिएको भरमा भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमानदारहरूलाई कारबाही गर्ने सरकारबाट भएको छ ।’

उनले अगाडि भने, ‘यसका कारणले पनि प्रतिगमनले टाउको उठाउने मौका पाएका छन् । हामी यथास्थितिवादलाई वैचारिक राजनीतिक रूपले कहीँकतै छुट दिन सकिने ठाउँमा छैनौँ । अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरूले यथास्थितिवादी धाराहरूको प्रतिनिधित्व गरिरहनु भएको छ । उहाँहरू परिवर्तन र प्रगतिको पक्षमा नभई जनताले पाएको अधिकारलाई पनि खोस्ने लाइनमा हुनुहुन्छ ।’

प्रचण्डले संविधानको रक्षालाई माओवादी केन्द्रको प्रमुख प्राथमिकता भएको बताए । उनले वर्तमान सरकार यथास्थितिवादी धाराको प्रतिनिधि बनेको र जनताको अधिकार खोस्ने दिशामा अघि बढिरहेको आरोप लगाए । उनले हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचारविरुद्धको अभियान पनि चलाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह