2026-09-14 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट, १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै सर्वोत्कृष्ट घोषणा

भक्तपुर । एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमि आउन नदिन कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो । अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न मन्त्रालयले रु एक करोड विनियोजन गरिएको उल्लेख गर्दै उहाँले एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने तथा अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले एक सय २१ वर्षको एउटा इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नसक्ने बताउनुभयो ।

भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने उल्लेख गर्दै सचिव गौतमले मन्त्रालयमै बसेर दैनिक रुपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भएलगायत विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको बताउनुभयो । सङ्घीय सरकारले स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन टिमका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख एवं उपप्राध्यापक रोशनी तुईतुईले देशभरका सकेण्डरी ‘बी’ लेवलको अर्थात देशभरका तीन सय शय्यामा सञ्चालित अस्पतालको मूल्याङ्कन टोलीले गुणस्तर मापन गर्दा भक्तपुर अस्पताल देशभरमा प्रथम भएको घोषणा गर्दै भक्तपुर अस्पताललाई अब प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो ।

घोषणाअनुसार लुम्बिनी प्रदेशिक अस्पतालले ८९ अङ्क प्राप्त गरी दोस्रो र भरतपुर अस्पताल ८८ अङ्क प्राप्त गरी तेस्रो भएका  छन् । बागमती प्रदेशमध्येका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अङ्क ल्याएर दोस्रो र त्रिशूली अस्पताल ८१ अङ्क ल्याएर तेस्रो भएको मूल्याङ्कन टोलीका सदस्य एवं वीर अस्पतालका डा फणिन्द्रप्रसाद बरालले बताउनुभयो । अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिँदै आएको सेवा तथा सुविधाबारेमा जानकारी गराउदै यसवर्ष बहिरङ्ग, अन्तरगत, शल्यक्रिया, प्रसूतिलगायतका सेवामा बिरामीको आगमन विगतका वर्षमा भन्दा बढेको बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, टोलीका सदस्य एंव बागमती प्रदेश अस्पताल विकास तथा अनुगमन शाखाका प्रमुख नवीन दर्नाल, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य रवीन्द्र ज्याख्व, अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठलगायतले असल नेतृत्व आएमा अस्पतालमा सुधार गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ