2026-09-14 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आत्मबलले नै क्यान्सरलाई पराजित गर्न सकिन्छ : मिरा राणा

काठमाडौँ । वरिष्ठ गायिका मिरा राणाले आत्मबलले नै आफूले क्यान्सर रोगलाई पराजित गरेको बताउनुभएको छ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले ३८औँ क्यान्सर सर्भाइभर्स दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आत्मबलले नै क्यान्सर जित्न सकिने बताउनुभएको हो । आफूलाई पाँच वर्षअगाडि क्यान्सर भएको र हाल निको भएको उहाँले सुनाउनुभयो ।

वरिष्ठ गायिका राणाले क्यान्सर भएकाहरू आत्तिन नहुनेमा जोड दिनुभयो । “क्यान्सर भएकाहरू घरमा बसेर आफूलाई यस्तो भयो, उस्तो भयो भनेर सोचेर बस्न हुँदैन । घरभन्दा बाहिर निस्किनुस् । साथीभाइसँग काम गर्नुस् । यसले नै फाइदा हुन्छ”, उहाँले भन्नुभयो ।

गायिका राणा ३० वर्ष उमेर पुगेका महिलाले क्यान्सरको नियमित परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । आफूलाई क्यान्सर भए पनि निको भएर गीत गाउँदै र सबैलाई नचाउँदै आएको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै गीता रानाभाटले आफ्नी छोरीले तीनवटा क्यान्सर  जितेको बताउनुभयो । आफ्नो छोरीलाई घाँटी, मुख र पाठेघरको क्यान्सर भए पनि आत्मबलले जितेको उहाँको भनाइ छ । कक्षा १ मा पढदा आफ्नो छोरीलाई क्यान्सर भएकामा निको भएर हाल इन्जिनियरिङ सातौँ सेमेष्टरमा अध्ययन गरिरहेको रानाभाटले सुभाउनुभयो । “दिनमा ३० पटकसम्म रगत ‘भमिट’ गरिन्  । चिकित्सकले पनि तेरो छोरी बाँच्दिनन् भन्थ्ये,” उहाँले भन्नुभयो, “तर छोरीले हिम्मत हारिनन्, मैले नि हारिन । आत्मबल र समयमा उपचारपछि निको हुँदै भयो । यसर्थ क्यान्सरबाट मरिँदैन । आत्मबल बलियो भए क्यान्सरलाई जितिन्छ ।”

रानाभाटले आफ्नो छोरीलाई  नौ पटक घाँटीको क्यान्सर भएको र हाल बढेर मुखमा संक्रमण भएकाले त्यसलाई ब्रेनमा नपुग्न नदिन महिनामा दुईपटक उपचार गर्ने गरिएको बताउनुभयो । छोरीमा भएको पाठेघरको क्यान्सर भने नियन्त्रणमा आएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस अवसरमा क्यान्सर विजेता तथा वरिष्ठ गायिका राणा र क्यान्सर विजेता साइकलयात्री नमिता बस्नेतलाई सम्मान गरिएको थियो ।

सन् १९८७ नोभेम्बर २० का दिन न्यू मेक्सिकोमा भएको क्यान्सर सर्भाइभर्सहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको निर्णयअनुसार ५ जुन १९८८ देखि दिवस मनाउन थालिएको हो ।

क्यान्सर सर्भाइभर्सलार्ई आयमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, सर्भाइभर्स तथा तिनका परिवारलाई मनोसामाजिक परामर्श दिने, स्वास्थ्य शिविर आयोजना गर्ने र सर्भाइभर्सको सर्वसुलभ तथा निःशुल्क उपचार गरिरहेको सोसाइटीकी कोषाध्यक्ष विनु केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ