भदौ १०, काठमाडौँ । नेकपा ९एमाले० का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ । नेकपा ९एमाले० का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मभूमि प्रदेश २ भएकोले एमाले पहिलो पार्टी बन्छ: गौतम

२०७४, १० भाद्र शनिबार १५:५७

भदौ १०, काठमाडौँ । नेकपा ९एमाले० का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभएको छ । 

एमाले मोर्चा संगठनले आयोजना गरेको ‘जनवर्गीय संगठनको अगुवा कार्यकर्ता भेला’लाई आज यहाँ सम्बोधन गदै उहाँले भन्नुभयो, “एमाले जुन ठाउँमा जन्मिएको हो । त्यही ठाउँमा असोज २ गते निर्वाचन हुँदैछ । त्यसैले, आफू जन्मिएको ठाउँमा एमालेले पहिलो स्थान ल्याउँछ ।” 

उहाँले मधेशवादी दल च्याउ उम्रेजस्तै उम्रेपनि एमालेले स्थानीय तहको निर्वाचनमा अग्रणी स्थान हासिल गर्ने बताउनुभयो । पटकपटकको परीक्षामा एमाले पास भएको भन्दै प्रदेश नं २ को स्थानीय निर्वाचनमा पनि पहिलो स्थान ल्याएर पास हुने उहाँको भनाइ थियो । 

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदबाट जारी गरिएको संविधानको बहुमत पु¥याएर संशोधन गर्ने कुरा गरेर रुपान्तरित संसद्को अपमान गरेको धारणा राख्नुभयो । 

“संविधान पालन गर्ने र संरक्षण गर्ने स्वयं प्रधानमन्त्रीले नै संशोधन हुन नसकेको संविधान फेरि बहुमत पु¥याएर संशोधन गर्दछु भन्ने कुरा अर्को देशको राष्ट्रप्रमुखलाई भन्नु ठिक होइन”–उहाँले भन्नुभयो, “यसबाट प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नै संविधानको पालना गरिएको देखिएन ।” 

कावा अध्यक्ष गौतमले एमालेको लोकप्रियता देखेर दक्षिण र उत्तरतिर फर्केकाले एमालेलाई हराउने प्रयासमा लागेको उल्लेख गर्नुभयो । “कुनै नीति, विचार र लक्ष्य नमिल्ने पार्टीहरु मिलेर एमालेका विरुद्ध लागेका छन्”–उहाँले भन्नुभयो, “तर त्यसले केही फरक पर्दैन । एमालेले लिएको नीति र विचारले नै जित्ने हो ।” 

स्थानीय तहको अधिकार कटौती गरेको हुनाले संविधान संशोधन एमालेले असफल बनाएको धारणा उहाँले राख्नुभयो । कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०ले एक्लाएक्लै चुनावमा लड्ने सामथ्र्य गुमाइसकेकाले गठबन्धन गरेर चुनाव लड्न लागेको आरोप लगाउनुभयो । उहाँले दुई पार्टीको गठबन्धनलाई एमालेले एक्लै प्रदेश नं २ को निर्वाचनमा जित्ने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै