2026-07-25 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपक्षी कराए पनि अब संसद् अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुले संसद् अवरोध गरेर ज्यादती गरेको भन्दै अब सह्य नहुने चेतावनी दिएका छन्।

सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा सम्बोधन गर्दै उनले यसरी संसद अवरोध भइरहन नसक्ने समेत उल्लेख गरे।

‘यसरी संसद अवरोध हुँदैन, यसरी संसद अवरोध चल्दैन यो,’ ओलीले भने, ‘जहिले पनि संसद् अवरोध, जहिले पनि संसद् अवरोध, दुई जना उठ्यो, करायो, हल्ला गर्‍यो, संसद् अवरोध? संसद् अवरोध त्यसरी हुन सक्दैन।’

 

विपक्षी कराए पनि अब संसद् अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘उहाँहरु कराउनु होला, तर संसद् अघि बढाउनुपर्छ। धेरै भयो उहाँहरुको ज्यादती। अत्ति नै भयो।’

कोही विरोधमा उत्रिने बित्तिकै विपक्षी दलहरु सर्मथनमा पुग्ने गरेको भन्दै उनले कटाक्ष समेत गरे। ‘उहाँहरुलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्नुभएको छ,’ ओलीले भने, ‘अनि कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छन्।’

उनले थपे, ‘कोही माईतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन्। साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माईतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने– हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिनसक्छ, माग पूरा गराएरै छोड्नु्स्, पैसा पाउनुपर्छ, यस्तो तरिका छ। यो तरिका होइन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक