2026-06-27 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालको संरक्षणमा जोड

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल देशका अमूल्य निधि भएकाले तिनको संरक्षण अपरिहार्य भएको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँहरुले तिनको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौला र पूर्वमन्त्री हृदयेश त्रिपाठीले प्रदर्शनीका माध्यमबाट जलवायु परिवर्तनका कारण उत्पन्न समस्याप्रति गम्भीर हुन सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्य सचेतक महेश बर्तौलाले प्रदर्शनीबारे व्यक्त गर्नुभएको विचार यस प्रकार छः

गणतन्त्र दिवसका अवसरमा हिमाल र हिमाली जीवनलाई तस्वीरमा उतार्ने राससको कार्य सकारात्मक छ । गणतन्त्र आएपछि केही भएन भनेर प्रश्न गर्नेका लागि गतिलो जवाफ राससको तस्वीर प्रदर्शनी हो । ९६ वटा तस्वीरमार्फत पर्वतीय जीवनलाई उजागार गरिएको छ ।

राससका फोटो पत्रकारले पर्वतीय जीवनलाई तस्वीरमार्फत आमजनता समक्ष प्रस्तुत गरेका छन् । यो सराहनीय छ । नेपालको समृद्धिको महत्वपूर्ण आधार पर्यटन हो । पछिल्लो समय हिमाल र पर्वतहरु जलवायु परिवर्तनको मारमा परेका छन् । त्यो हाम्रो कारणले होइन, तापक्रम वृद्धिले हो । हाम्रा सम्पदा, हिमाल र हिमाली भूगोलको संरक्षण र प्रवद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा बजारीकरण गर्ने र यसका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्छ । आफ्नो कर्मको माध्यमबाट भएका कुरालाई समाजको तहमा ल्याउनका लागि प्रदर्शनी आयोजना गरेकामा आभार प्रकट गर्दछु । यसखालका विषयको प्रवद्र्धन सरकार आफैँले पनि गर्नुपर्छ । राज्यका निकायले यस्ता चिजलाई सम्पत्तिका रुपमा ग्रहण गरेर बजारीकरण र व्यवस्थापन गर्ने सोच आवश्यक छ ।

पर्वत शृङ्खला हाम्रा सम्पत्ति हुन्, यसको प्रवद्र्धन गरेर पर्यापर्यटनको विकास गर्न योगदान पुग्छ । हिमालका सम्भावना के छन् ? हिमालहरु के कस्ता छन् ? यसलाई पर्यटन र समृद्धिसँग जोडेर कसरी हेर्छौं भन्ने सन्देश दिएको छ । यो नै हाम्रो सम्पत्ति हो । यसबाट देशमा विकासका अथाह सम्भावना रहेको देखिन्छ । नेपालमा धेरै प्राकृतिक सम्पत्ति छन्, त्यसलाई देशको हितमा प्रयोग गर्न सकारात्मक दृष्टिकोणका साथ काम गर्नुपर्छ । तीनवटै तहका सरकारले ती अमूल्यनिधिका रुपमा रहेका हिमालको प्रचारप्रसार, त्यस ठाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न समन्वयका साथ अघि बढ्नुपर्छ । यी सम्पदा र सम्पत्तिलाई हामी आफैँले जोगाएर र प्रवद्र्धन गरी देशको विकास गर्नुपर्छ ।

पूर्वमन्त्री त्रिपाठी भन्नुहुन्छः

हिमाल र पर्वतीय पर्यटनसँग सम्बन्धित तस्वीर प्रदर्शनी गरेर राससले अनुकरणीय काम गरेको छ । तस्वीरमा समेटिएका कतिपय हिमाल र स्थानको थप अन्वेषण गरी विश्वसामु ल्याउनुपर्छ । परम्परागत पत्रकारिताभन्दा पृथक रहेर ल्याइएका यी तस्वीरमा हिमालको जीवन्त यथार्थ समेटिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्ता सम्पदाको संरक्षण एवं प्रवद्र्धनको योजना बनाउनुपर्छ । विश्वलाई चिनाउने हिमाल र भूगोल हामीसँग छ । भूगोलबाट हामी ठगिएका होइनौँ । ती सम्पदालाई सदुपयोगमा पछि परेका हौँ । हिमाल हाम्रो शिर हो । हिमालको संरक्षण र प्रवद्र्धनमा राज्यले ध्यान दिनुपर्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी