३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन’

२१ जेष्ठ २०८२, मंगलवार १५:२७

काठमाडौँ | राष्ट्रियसभाका सदस्यहरुले जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्धमा भइरहेको व्यवस्था विरोधी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले केही व्यक्ति र समूहले विस्थापित भइसकेको व्यवस्थालाई फर्काउने दुस्प्रयास गरिरहेको भन्दै त्यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तुलसाकुमारी दाहालले व्यवस्था विरोधी प्रश्न उठाउर मित्थ्या आरोपप्रति प्रश्न उठाइनु सामान्य कुरा नभएको बताउनुभयो । उहाँले समाजमा समय समयमा प्रकट हुने नकारात्मक सोच, संविधान व्यवस्थाप्रति फैलाइएको अफवाह सङ्घीय लोकतान्तिक गणतन्त्रको विरुद्धमा मित्थ्या आरोप लगाउने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन । विगतमा परिवर्तनका लागि आन्दोलन गर्ने दल, सत्ताको विभिन्न समयमा रही काम गर्ने राजनीतिक दल गम्भीर हुन, चिन्तन मनन गर्न आवश्यक छ, एक आपसमा हिलो छ्याप्न थाल्यौँ भने प्राप्त उपलब्धिको रक्षा गर्न सकिँदैन ।”

सांसद दाहालले सरकारले सदनमा बजेट प्रस्तुत गरिसकेको र अति आवश्यक विधेयक पनि यसै सदनमा ल्याउने प्रतिवद्धता जनाएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले नेपालमा जातकै कारण विभिन्न विभेदका घटना घटिरहेका र पीडितले न्याय पाउन नसकेको भन्दै सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जनप्रतिनिधिको सकारात्मक भूमिका नहुनु, प्रहरी प्रशासनको कमजोर भूमिका, मिडियाको भूमिका सकारात्मक नहुनु तथा विपन्नता र गरिबीको दुस्चक्रमा समाज रहनुका कारण दलितमाथिको विभेद र अपराधजन्य घटना बढिरहेको जिकिर गर्नुभयो । उहाँले दलितमाथिको विभेदका घटना अन्त्यका लागि उच्चस्तरीय संसदीय समिति गठन गरिनुपर्ने, उत्पीडितको निश्पक्ष रूपमा छानबिन गरिनुपर्ने, पीडितलाई राहत न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्न माग गर्नुभयो । साथै सचेतना अभियान राष्ट्रव्यापी रूपमा सञ्चालन गर्न समेत माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सङघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्थाका विरुद्धमा सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै व्यवस्था विरोधीका विरुद्ध एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “व्यवस्था ल्याउन कुनै योगदान र भूमिका नभएका व्यक्ति र समूहबाट बदनाम गराउने तथा वर्तमान संविधानलाई नै असफल बनाउने प्रयास भइरहेको छ । यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ ।”

सदनमा जिम्मेवार प्रतिपक्षीलगायत अन्य दलले सदन अवरोध गरिरहेको भन्दै उहाँले जनताको आवश्यकता र जिविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न सहमति तथा सहकार्यबाट अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

सांसद रोकायाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारीको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकको राजिनामाको विषय ल्याइनु दुःखद् पक्ष हो भन्दै आरोपित व्यक्ति विरुद्ध उजुरी नै नपरेको विषयमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाउनुभयो । कर्मचारीले गल्ती गरेको आरोपमा मन्त्रीले राजिनामा दिँदै जाने हो भने कस्तो संस्कार बस्ला भनी उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड