३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सभामुखको आह्वानमा प्रमुख सचेतक र कानुनमन्त्रीसहितको बैठक जारी

२२ जेष्ठ २०८२, बुधबार १३:३६

काठमाडौँ। प्रतिनिधि सभाको बैठक अघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरू तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियासँग छलफल गरिरहेका छन्। बैठक संसद भवन, नयाँ बानेश्वरमा जारी छ।

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सभामुखले समन्वयात्मक पहलस्वरूप छलफलको आयोजना गरेका हुन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्। तर, सत्तापक्ष त्यसप्रति सकारात्मक देखिएको छैन।

यसै कारण मंगलबार दुई पटकका लागि सूचना जारी गरिए पनि बैठक बस्न नपाउँदै स्थगित गरिएको थियो। प्रतिनिधि सभाको सोही अवरुद्ध बैठक आज बुधबार दिउँसो १ बजेका लागि पुनः बोलाइएको थिए।

सत्तापक्ष र प्रतिपक्षबीच अझैसम्म सहमति बन्न नसकेको अवस्था छ। गृहमन्त्री रमेश लेखकको राजीनामासहित छानबिन समितिको गठनको माग गर्दै आएका प्रमुख प्रतिपक्षी दल, नेकपा माओवादी केन्द्रसहित अन्य विपक्षी दलहरूले माग सम्बोधन नभएसम्म संसद सञ्चालनमा अवरोध जारी राख्ने बताएका छन्।

सत्तापक्ष भने गृहमन्त्रीलाई संसदमा बोल्न दिने र त्यसपछि मात्र समिति गठनसम्बन्धी निर्णयमा प्रवेश गर्नुपर्ने तर्क गर्दै आएको छ। अहिले जारी छलफलले दुवै पक्षबीच सहमति सम्भव छ कि भन्ने प्रश्नमा चासो बढेको छ।

सभामुख घिमिरेले दलहरूबीच संवाद र समझदारीमार्फत संसद सञ्चालन गर्न सकिने वातावरण बनाउन आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड