2026-08-24 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सभामुखको आह्वानमा प्रमुख सचेतक र कानुनमन्त्रीसहितको बैठक जारी

काठमाडौँ। प्रतिनिधि सभाको बैठक अघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरू तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियासँग छलफल गरिरहेका छन्। बैठक संसद भवन, नयाँ बानेश्वरमा जारी छ।

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सभामुखले समन्वयात्मक पहलस्वरूप छलफलको आयोजना गरेका हुन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्। तर, सत्तापक्ष त्यसप्रति सकारात्मक देखिएको छैन।

यसै कारण मंगलबार दुई पटकका लागि सूचना जारी गरिए पनि बैठक बस्न नपाउँदै स्थगित गरिएको थियो। प्रतिनिधि सभाको सोही अवरुद्ध बैठक आज बुधबार दिउँसो १ बजेका लागि पुनः बोलाइएको थिए।

सत्तापक्ष र प्रतिपक्षबीच अझैसम्म सहमति बन्न नसकेको अवस्था छ। गृहमन्त्री रमेश लेखकको राजीनामासहित छानबिन समितिको गठनको माग गर्दै आएका प्रमुख प्रतिपक्षी दल, नेकपा माओवादी केन्द्रसहित अन्य विपक्षी दलहरूले माग सम्बोधन नभएसम्म संसद सञ्चालनमा अवरोध जारी राख्ने बताएका छन्।

सत्तापक्ष भने गृहमन्त्रीलाई संसदमा बोल्न दिने र त्यसपछि मात्र समिति गठनसम्बन्धी निर्णयमा प्रवेश गर्नुपर्ने तर्क गर्दै आएको छ। अहिले जारी छलफलले दुवै पक्षबीच सहमति सम्भव छ कि भन्ने प्रश्नमा चासो बढेको छ।

सभामुख घिमिरेले दलहरूबीच संवाद र समझदारीमार्फत संसद सञ्चालन गर्न सकिने वातावरण बनाउन आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन