2026-07-01 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जातीय विभेद अझै कायम रहेका भन्दै सांसदद्वारा चिन्ता व्यक्त

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा विभेद अझै कायम रहेका भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
बैठकको शून्य समयमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि पूर्णरूपमा भेदभावरहित समाज बन्न नसकेको भन्दै यस्तो विभेद अन्त्यका लागि सबै पक्ष र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
सांसद गोमादेवी तिमिल्सिनाले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि समाजमा अझै यो कुप्रथा कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसदहरू भुवनबहादुर सुनार, राजेन्द्रलक्ष्मी गैरे र मदनकुमारी शाह (गरिमा) ले पनि विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदायमा रहेका सबै किसिमका भेदभाव अन्त्य गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
सांसद कृष्णप्रसाद पौडेलले अध्ययनका लागि विदेशिने विद्यार्थीसँगै ठूलो रकम बाहिरिरहेको बताउनुभयो । नेपालभित्र गुणस्तरीय र रोजगारीमूलक शिक्षाको प्रत्याभूति गर्नसके ठूलो रकम बाहिरिनबाट रोकिने उहाँको भनाइ छ ।
सांसद नरबहादुर विष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिन आएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभयो ।
सांसद नारायणदत्त मिश्रले अहिले भिजिट भिसा प्रकरणका विषयमा सरोकार भएका निकायले आवश्यक अनुसन्धान गर्ने भएकाले प्रतिपक्षले संसद्मा अवरोध सृजना गर्न नहुने धारणा राख्नुभयो । अहिले शिक्षक, कर्मचारी, यातायात व्यवसायीलगायत विभिन्न क्षेत्र आन्दोलनमा रहेका बेला प्रतिपक्षले सरकारलाई अनावश्यक दबाब दिन नहुने उहाँको भनाइ छ ।
सांसद युवराज शर्माले संविधान जारी भएको दुई वर्षभित्र बनिसक्नुपर्ने ऐनहरू हालसम्म पनि नबन्नु संविधानको प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो । ऐन कानुन निर्माणमा ढिलाइ हुँदा सङ्घीयताको सबलीकरण र प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।
सांसद सोनाम गेल्जेन शेर्पाले सार्वजनिक निकायहरूको बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले बेरुजु कसरी घटाउने भनेर पहलकदमी लिन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो