२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारलाई हिमाल देखाउन र महत्व बुझाउन सक्नुपर्छ– कार्यवाहक अध्यक्ष अर्याल

२२ जेष्ठ २०८२, बुधबार १६:१५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपालका हिमालको सुन्दरता र महत्वबारे संसारलाई देखाउन र बुझाउन सरकार र पर्यटन व्यवसायीबीच परिणामुखी सहयोग, समन्वय र सहकार्य आवश्यकता रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विश्वभरका पर्यटकले जीवनमा एक पटक हेर्न र पुग्न पाए हुन्थ्यो भन्ने स्थान र सम्पदालाई राससले तस्बिरमार्फत चिनाउने प्रयास गरेको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष अर्यालले भन्नुभयो, “नेपालका यस्ता अमूल्य निधिलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउने जिम्मा पर्यटन बोर्डको भएकाले उसले अलि बढी चासो दिएर प्रचारप्रसार गर्नुपर्छ ।

कार्यवाहक अध्यक्ष अर्यालले भन्नुभयो, “आँखाले त हिमाल सुन्दर देखिने भइहाल्यो, हाम्रा प्राकृतिक सम्पदालाई संसारलाई देखाउन पर्यटन व्यवसायका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका बीच समन्वय र सहकार्य आवश्यक छ ।”

देशका नीति निर्माण तहमा रहेकालाई प्रदर्शनीको अवलोकन गराएर पर्यटन प्रबद्र्धन अभियानलाई सार्थक तुल्याउन राससलाई सुझाव दिँदै उहाँे भन्नुभयो,“हाम्रा हिमाल, पहाड र तराईका आआफ्नै खाले विशेषता र महत्व छन् । देशको आयआर्जनमा सम्भावना रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने दायित्व हामी सबैको हो । पर्वतीय पर्यटन प्रबद्धनमा सहयोग पु¥याउने उद्देश्यले गरिएको तस्बिर प्रदशनीका राससलाई धन्यवाद छ ।”

सोही पार्टीका सांसद हरि ढकालले प्रकृतिको उपहारमध्ये विशाल हिमाल पर्वतशृङ्खला भएकाले नेपाललाई ज्ञान भूमि र तपोभूमि भनिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई प्राप्त प्रकृतिको उपहारमध्ये उच्च पर्वतीय विरासत एकदमै रोचक छ, यसले संसारभरका सहासिक पर्यटकको आशा र भविष्यको विरासत बोकेको छ, यसलाई जोगाउँदै लाभान्वित हुनु सक्नुपर्दछ ।”

विश्व तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको उल्लेख गर्दै सांसद ढकालले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर अवलोकनबाट आनन्दित मात्र नभई ‘क्लिक’ गराउने काम समेत भएको प्रतिक्रिया दिनुभयो ।

गणतन्त्र दिवसका उपलक्ष्यमा रासस केन्द्रीय कार्यालयमा राखिएको तस्बिर प्रदर्शनी अवलोकनका क्रममा आज उहाँहरू आउनुभएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने