2026-09-14 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीको प्रश्न -संसद् चाहिएको भए आन्दोलन किन?

काठमाडौँ । दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठकमा तनाव भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर तनाव भएको थियो ।

समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाएका थिए । तर, बैठकको सुरुमै राप्रपा अध्यक्ष लिङ्देन संसद्‌मा व्यस्त रहेको जानकारी गराइयो । त्यसपछि कार्यकर्ताहरू होहल्ला गर्दै ‘संसद् चाहिएको भए किन आन्दोलन गर्नुपर्‍यो ?’ भन्न थाले ।

कार्यकर्ताहरू होहल्ला गर्न थालेपछि राप्रपा अध्यक्ष कमल थापाले भने, ‘ तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिन, जे मन लाग्यो त्यही गर्नुस् । यसरी बैठक चल्छ ?’

त्यसपछि समितिका संयोजक सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिए ।

‘यो सभालाई विसर्जन गर्नुभन्दा पहिले साथिहरू सबैलाई धन्यवाद दिन चाहन्छु,’ सुवेदीले होहल्लाकै बीचमा भने, ‘तपाईंहरूको उत्साह, जाँगर, विचारप्रतिको विश्वास देखेर म बुढो भए पनि म माथि झनै ऊर्जा थपिएको छ ।’

उनले आफूले नै राम्रा कार्यक्रम ल्याउने जानकारी गराउँदै आजको बैठक अन्त्य भएको घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ