2026-09-14 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजावादी आन्दोलन अब पालिकातिर विकेन्द्रित

काठमाडौँ । राजावादी दल तथा समूहको आन्दोलन अब स्थानीय तहतर्फ विकेन्द्रित हुने भएको छ।

राजतन्त्र पुनःस्थापना, हिन्दू अधिराज्य घोषणा तथा संघीयता खारेजीका लागि जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका राजावादी दल तथा समूहहरूले अब काठमाडौँका पालिका तथा विभिन्न सहरहरूमा आन्दोलन गर्ने जनाएका हुन्।

बुधबार बसेको संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई स्थानीय तहतर्फ विकेन्द्रित गर्ने निर्णय गरेको हो।

 

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भएको संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सुवेदी एक्लै अघि बढ्न खोजेको भन्दै बिथोलियो राजावादीको आन्दोलन घोषणा कार्यक्रम

बैठकले काठमाडौ उपत्यकाको विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनलाई निरन्तर जारी राख्ने तथा काठमाडौँ अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिने संयोजक सुवेदीले जनाएका छन्।

यस्तै, आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिने, विभिन्न जिल्लाहरूमा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गरिने विज्ञप्तिमा उल्लेख छ।

देशका विभिन्न जिल्लाहरूमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गरिने सुवेदीको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ