११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालमै हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन

११ भाद्र २०७४, आईतवार १२:१३

भदौ ११,काठमाडौँ। हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ । 

म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो । म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी’को औषधि एक साताअघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी दिनुभयो । 

नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ । 

बिरामीले आयातित हेपाटाइटिस ‘सी’का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य रु एक हजारदेखि एक हजार २०० सम्म पर्ने गरेको छ । एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छ जसको मूल्य रु २८ हजारदेखि रु ३३ हजारसम्म पर्छ । 

म्याग्नसले उत्पादन गरेको औषधि बिरामीले प्रतिट्याब्लेट रु ८०० मा पाउन सक्ने बजारमा पठाएको छ जसअनुसार एउटा बट्टालाई २२ हजार ४०० पर्न जान्छ । 

उहाँले भन्नुभयो, “हामीले विश्व बजारमा बिक्री हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौँ । भाइरसको संक्रमणबाट हुने यो रोग औषधिको प्रयोग गरेअनुसार १२ देखि ४८ हप्तामा निको हुन्छ ।” 

ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्ट्यान्ट फिजिसियन प्राडा विधाननिधि पौडेलले हेपाटाइटिस सी भाइरसले कलेजोमा आक्रमण गर्ने बताउँदैै केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा कलेजो क्यान्सरसम्म गराउनसक्ने बताउनुभयो । 

चिकित्सकका अनुसार नेपालमा यो भाइरसका कारण ८० हजारदेखि एक लाख मानिस संक्रमित भएको अनुमान छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले हेपटाइटिस सी भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्ने र यो भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस भएको बताउनुभयो । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा करिब ७१ लाख मानिस हेपाटाइटिस सी को संक्रमणमा परेको अनुमान छ । यसैका कारण वर्षेनी करिब तीन लाखभन्दा बढीको ज्यान जाने गरेको छ । 

यो भाइरसले आक्रमण गर्नेबित्तिकै लक्षण नदेखिने भएकाले सुरुआतमै बिरामीले रोगबारे थाहा पाउँदैन । भाइरसको संक्रमण बढ्दै गएपछि ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूचि नहुने, झाडापखाला चल्ने, छाला र आँखा पहेँलो हुने लक्षण देखिन थाल्ने डा पौडेलले बताउनुभयो । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ । 

यसको एकमात्र उपचार भनेकै औषधि सेवन मात्र हो । डब्लुएचओका अनुसार ९५ प्रतिशत बिरामी औषधि सेवन गरेमा निको हुन सक्छन् । 

जथाभावी फालिएका ‘सिरिन्ज’ नचलाउने, लागुऔषधको प्रयोग नगर्ने, असुरक्षित यौनसम्पर्कबाट टाढै रहने हो भने हेपाटाइटिस सी को संक्रमणबाट बच्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै