2026-07-29 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’: खिलराज रेग्मी

काठमाडौं ।  मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिनुभएको छ ।
राष्ट्रिय समचार समिति(रासस)सँग कुराकानी गर्दै उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गर्नुभयो ।
पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र सुखी भए भने लोकतन्त्र आफैँ बलियो र समृद्ध हुन्छ ।” ठूलो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुदृढ तुल्याउन समयमा कानुन निमार्ण र योजना बनाउन आवश्यक रहेको जनाउँदै उहाँले कतिपय अभ्यासमा देखिएका कमीकमजोरी र स्रोतसाधनको अभावले सुनिएका निराशालाई अन्त्य गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएका रेग्मीले पहिलो संविधानसभाले संविधान दिन नसकेर विघटन भई राजनीतिक अन्योल र जटिल परिस्थितिमा सरकारको नेतृत्व गरी आफूले निर्वाचन गराएको स्मरण गर्दै सोही संविधानसभाबाट जारी संविधान कार्यान्वनमा जानु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले स्रोत व्यवस्थानपन र अभ्यासका क्रममा देखिएका केही कमीकमजोरीलाई तत्कालै सुधार गरेर लैजान सकिने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा