३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौलिक हक कुण्डित गर्दै काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोकेकोविरूद्ध रिट,सर्वोच्चले गर्‍यो दरपीठ

२३ जेष्ठ २०८२, बिहीबार १२:४७

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौंमा मौलिक हक कुण्डित गर्दै प्रशासनले निषेधित क्षेत्र तोकेकोविरूद्ध परेको रिट दरपीठ गरेको छ।अधिवक्ता रादिका चम्लागाईं र स्वागत नेपालले दिएको रिट सर्वोच्च अदालतले बुधबार दरपीठ गरेको हो। रजिस्ट्रारले उक्त रिट दरपीठ गर्ने आदेश गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ १९ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि तीन वटा क्षेत्रबाहेक अन्यत्र प्रदर्शन गर्न नपाइने भन्दै निषेधित क्षेत्र तोकेको थियो। प्रशासनले सिफल चौर, कोटेश्वरदेखि बानेश्वर क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न आदेश दिएको थियो। उक्त निर्णयविरूद्ध अधिवक्ताहरूले रिट लिएर सर्वोच्च पुगेका थिए।

स्वागत नेपाल राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन भइरहेको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता समेत हुन्। उनले माइतीघरमा भइरहेका आन्दोलनलाई रोक लगाउन सूचना निकालिएको तर्क राखेका थिए।

‘जनताको सरकारलाई विरोध मात्र होइन सुवाफ दिने विचार दबाउनु र अभिव्यक्ति स्वतन्त्रताको समेत हनन गर्ने गरी मौलिक हक कुण्ठित गर्ने मनसाय रहेको पुष्टि हुन्छ,’ उनले भने, ‘साथै यस निवेदन अन्तिम टुंगो नलागेसम्मका लागि प्रत्यर्थीहरूको उक्त सूचना कार्यान्वयन नगर्नू नगराउनू भन्ने अन्तरिम आदेश समेत जारी गरी पाऊँ,’ रिटमा माग गरिएको थियो।

रजिष्ट्रार पौडेलले रिट दरपीठ गर्दा निवेदकले आफ्नो के कस्ता हक अधिकार कसरी हनन् भएको भन्ने नखुलाएको उल्लेख गरेका छन्। त्यस्तै त्यसअनुसार पुष्टि हुने कागजात पेस गर्नुपर्नेमा नगरेको, सार्वजनिक सरोकारको विषयमा निवेदन दिँदा विवादको विषयवस्तुसँग सार्थक सम्बन्ध र तात्विक सरोकार रहेको देखाउनुपर्ने भनिएको छ।

‘सार्वजनिक सरोकारको विषयमा निवेदन दिने निवेदकले विवादको विषयवस्तुसँग सार्थक सम्बन्ध र तात्विक सरोकार रहेको कुरा देखाउन सक्नुपर्दछ,’ आदेशमा भनिएको छ, ‘अन्यथा निवेदन गर्ने हकदैया स्थापित हुन सक्दैन। सार्वजनिक सरोकारका विवादहरूमा हकदैयाको सिमालाई बढाएको हुन्छ भन्दैमा सबैलाई सबै विषयमा स्वत: निवेदन गर्ने हकदैया हुन्छ भनी अर्थ गर्न नमिल्ने भनी नेकाप २०७३ अंक ३ नि.नं ९५६० मा व्याख्या भएको सन्दर्भमा यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत पर्न आएको रिट निवेदन दर्ता गर्न मिलेन।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली