२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटक पथ प्रदर्शकका समस्या सरकारले समाधान गर्ने

२३ जेष्ठ २०८२, बिहीबार १४:५७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथप्रदर्शकका समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।

टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)ले आज यहाँ आयोजना गरेको ‘नवौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’को शुभारम्भ गर्दै उहाँले पर्यटक पथप्रदर्शकका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लगिने बताउनुभएको हो । “पर्यटक पथप्रदर्शकका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई नीति, कानुनबाट समाधान गर्दै लगिनेछ,” मन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले पर्यटक पथप्रदर्शक नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताउनुभयो । पर्यटक पथप्रदर्शकले पर्यटकलाई मात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको उहाँको भनाइ थियो ।

“पर्यटकलाई पथ प्रदर्शन गर्ने कुरा हाम्रो कर्तव्यभित्र पर्छ, यो कर्तव्यमा यहाँहरुले तदारुकताका साथ काम गर्नुहुनेछ, म यो मन्त्रालयको मन्त्रीको रुपमा के वचन दिलाउन चाहन्छु भने तपाईँहरुका जतिपनि मुद्दा छन् सरकारले समाधान गर्छ,” उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँ केन्द्रित पर्यटक पथप्रदर्शकलाई सातै प्रदेशमा विस्तार गर्न एशोसियशन लाग्नुपर्नेमा जोड दिनुभयो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथ प्रदर्शकलाई कारबाही गरिनुपर्ने बताउनुभयो । अध्यक्ष देवकोटाले नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शकले गरिरहेको बताउनुभयो । हाल देशभर पाँच हजारभन्दा बढीले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार