२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आगामी आवको बजेट सन्तुलित र यथार्तपरक छ’

२३ जेष्ठ २०८२, बिहीबार १६:०३

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलिन र यर्थातपरक आएको प्रतिक्रिया दिनुभएको छ ।

आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय आधारमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाह (गरिमा) ले आगामी आवको बजेटले विगतका बजेटमा भएका कमीकमजोरी स्वीकार गरेर आएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “कमीकमजोरी स्वीकार गेरपछि तिनको समाधान हुनेगरी बजेट आउनुपर्नेमा त्यसरी भने आएको छैन । संविधानको मूल मर्म र भावना अनुरुप आर्थिक, सामाजिक रुपान्तरण कार्यक्रममार्फत समाजवादी दिशामा अगाडि बढाउने नीतिका साथ बजेट आउनुपर्ने थियो ।” परनिर्भर आर्थिक व्यवस्थामा परिवर्तन गर्न सकिएन भने र देश चलाउन आन्तरिक ऋण वृद्धि भइरहेने भन्दै यसले मुलुकको अर्थव्यवस्था सङ्कटमा पर्ने उहाँको भनाइ छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद पूजा चौधरीले विगतका सरकारले ल्याएको आर्थिक वर्षको बजेट ठूलो आकारमा हुने तर कार्यान्वयनको कमजोरीका कारण खर्च नहुने गरेको उल्लेख गर्दै बजेट कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विश्व अर्थतन्त्र कमजोर भएको वर्तमान अवस्थामा बाहिरी स्रोतमा भर पर्नुभन्दा अधिकतम उपलब्धि प्राप्त हुनेगरी आन्तरिक स्रोतसाधन परिचालन गर्न सरकारसमक्ष निवेदन गर्दछु ।”

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले आगामी आव २०८२/८३ को बजेट स्वागतयोग्य रहेको टिप्पणी गर्नुभयो । “यो बजेट महत्वकाङ्क्षी नभई यर्थातमा आधारित छ, बजेटले कृषि आधुनिकीकरण, भूमि व्यवस्था, उद्योग तथा व्यापार, पर्यटन पूर्वाधार, वन तथा वातावरण, श्रम तथा रोजगारलगायत पक्षलाई समावेश गर्दै निरोगी नेपाल र स्वास्थ्य नेपालीलाई प्राथमिकता दिएको छ ।”

सरकारले यही जेठ १५ गते रु १९ खर्ब, ६४ अर्ब ११ करोडको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्यवको वार्षिक प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने