२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल, कुन कुन विषयमा छलफल भयो ?

२३ जेष्ठ २०८२, बिहीबार १६:२३

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ। आज बिहीबार संघीय संसद् भवनस्थित शंकर हलमा दुई दलका नेताबीच भिजिट भिसा प्रकरणको विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए। त्यस्तै रास्वपाको तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए। नेताहरूबीचको छलफल करिब एक घण्टा चलेको घिमिरेको भनाइ छ।

 

‘दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो। खास गरी उहाँहरूले उठाउँदै आउनु भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका बारेमा कुरा भयो,’ उनले भने, ‘हामीले यो विषय गृहमन्त्रीको राजीनामा दिनुपर्ने विषय होइन भनेर हामीले फेरि पनि दोहोर्‍यायौँ। एक घण्टाजतिको छलफलपछि उहाँहरू पार्टीमा छलफल गरेर थप निर्णय लिन्छौँ भनेर निस्किनु भयो।’

रास्वपाका नेताहरूले कांग्रेसका नेताहरूसँग छलफलका नै नगर्ने किन भनेर गुनासो गरेपछि उपसभापति खड्का छलफलक वातावरण बनाउन तयार भएका थिए। त्यसपछि घिमिरेले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललाई छलफलको समयबारे जानकारी गराएका थिए। अर्यालले पार्टीका तर्फबाट छलफलका लागि वाग्ले र परियारलाई जिम्मा दिएका थिए।

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि नेताहरूबीच छलफल भएको बताए। गृहमन्त्रीको राजीनामा मात्रै नभई मानव तस्करीको कुरा पनि भएकोले यसलाई गम्भीर हुन कांग्रेसलाई आग्रह गरिएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली