३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल

२३ जेष्ठ २०८२, बिहीबार १७:००

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटमा सवल र दुर्वलपक्ष दुवै भएको र समाजवादको आधार कृषि उत्पादन भएकाले सम्पूर्ण जमिन राष्ट्रियकरण हुनुपर्ने धारणा राख्नुभयो ।

सदस्य सुमित्रा विसीले बजेटका धेरै राम्रा पक्ष भएको र स्वास्थ्यमा लगानी वृद्धि, स्वास्थ्य बिमाका बारेमा सुधार भइरहेको बताउनुभयो । उहाँले प्राकृतिक चिकित्साको क्षेत्र र राष्ट्रिय गौरवका योजनामा तुलनात्मक रुपमा राम्रो बजेट विनियोजन भएको बताउनुभयो ।

सदस्य विष्णुबहादुर विश्वकर्माले बजेटमा दलितका लागि कार्यक्रम आए पनि दलितका हितमा नदेखिएको बताउनुभयो । सदस्य नारायणदत्त भट्टले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सदस्य उदयबहादुर बोहोराले बजेट आफैँमा सरकारको काम गर्ने प्रतिबद्धता भएकाले रोजगार केन्द्रित कार्यक्रम समावेश भएकाले शिथिल अर्थतन्त्र उकास्ने खालको भएको बताउनुभयो ।

सदस्य कृष्णप्रसाद अधिकारीले आर्थिक वृद्धिदरलाई जोड दिनुपर्ने र मुलुकको आर्थिकस्तर उकास्न २० अर्ब राजस्व उठाउन सक्नुपर्नेमा जोड दिनुभयो । सदस्य विष्णुदेवी पुडासैनीले समाजवादको दिशामा अघि बढ्ने, नेपालको जल्दोबल्दो समस्या समाधान गर्ने खालको बजेट भएको र शिक्षित युवालाई स्वरोजगार बनाउने कार्यक्रम भएकामा प्रशंसा गर्नुभयो ।

सदस्य गोमादेवी तिमिल्सिनाले बजेट राम्रो भए पनि कार्यान्वयनमा कठिनाई हुने र प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग अनुरोध गर्दै कृषिमा आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य भुवनबहादुर सुनुवारले सरकारले छुवाछुत तथा भेद्भावविरुद्ध अभियान सञ्चालन गर्ने भनिएको कार्यक्रम स्वागतयोग्य भएको र यो दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग गर्नुभयो । सदस्य पदमबहादुर परियारले ४० माइक्रोनभन्दा पालतो प्लाष्टिक आगामी मङ्सिर १ गतेदेखि प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्न खोज्नु राम्रो भएको र जातीय विभेद न्यूनीकरण गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सदस्य रेणु चन्दले बजेट नागरिकमैत्री बनाउन जोड नदिएको आरोप लगाउनुभयो । सदस्य गङ्गाकुमारी बेल्बासेले लैङ्गिकमैत्री बजेट भए पनि कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो । सदस्य तुलसाकुमारी दाहालले फराकिलो आर्थिक विकास, आधुनिक प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको विकास, सुशासन कायम गर्ने खालको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित बजेट वृद्धि गरिएको बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भोलि हुनेछ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली