2026-07-29 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेविरुद्ध रास्वपा र बालेन जस्ता लोकप्रियतावादमा विश्वास गर्ने पात्रहरूले आक्रमण गरिरहेका छन्: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेशले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले एमालेले गलत काम गरेको कारण आक्रमण भएको वा राम्रो काम गरेको कारण आक्रमण भइरहेको छ भन्ने बारेमा एमालेका नेता कार्यकर्ता स्पष्ट हुनुपर्ने बताए ।

एमाले माथिको आक्रमण गलत काम गरेको कारण नभई राम्रो काम गरेका कारण भएको उनको दाबी छ । पोखरेलले एमालेमाथि चार खालका शक्तिले आक्रमण गरिरहेका बताए । एमालेमाथि राजवादी, पूर्वपञ्च र मण्डलेहरू, माओवादी र एकीकृत समाजवादी लगायत आफूलाई कम्युनिस्ट भन्ने कम्युनिस्ट विरोधी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन जस्ता लोकप्रियतावादमा विश्वास गर्ने र अन्तर्राष्ट्रिय भूमण्डलीकरणको अवस्थाको कारण नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने शक्तिले सामूहिक रूपमा एमाले माथि आक्रमण गरिरहेको पोखरेलले बताए ।

‘एमालेमाथि उनीहरूले सामूहिक रूपमा आक्रमण गरिरहेका छन् किनभने उनीहरूले एमालेलाई आफ्नो शत्रु ठानेका छन्,’उनले भने । पोखरेलले नेपालका राजनीतिक दलले देशमा विकासको काम गर्ने पर्याप्त समय नै नपाएका बताए । काम गर्न पाएको छोटा समयमा नै नेपालका राजनीतिक दलले देशका विकासको लागि ठुलो काम गरेको उनको भनाइ छ ।

उनले भने, बाहिरबाट भएको आक्रमणका विरुद्ध कसरी जाने भन्ने कुरामा हाम्रो पार्टी पङ्क्ति जिम्मेवार भएर लाग्नुपर्छ’साथै उनले भने, पार्टीको प्रचारमा एमालेका कार्यकर्ता कमजोर भएको भन्दै,पार्टीको सिङ्गो नेतृत्व यस बारेमा गम्भीर भए पनि कार्यकर्ता पङ्क्ति जिम्मेवार नदेखिएको बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते