३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति

२४ जेष्ठ २०८२, शुक्रबार १७:०२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ जन्मजयन्ती हीरक महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अवलम्बन गर्दै तीव्र विकासको बाटोतर्फउन्मुख छ । सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ ।”

उहाँले विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिइ भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रुपमा उभिनसक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाका क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताउनुभयो । उहाँले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले ज्ञान, चेतना, जागरण र रुपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै सभ्य र सु–संस्कृत आधुनिक समाज निर्माणमा मात्र नभएर राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले जनता शिक्षित भएमा आफ्नो निरंकुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट बञ्चित गर्न खोज्ने राणा शासनकालमा राजधानीको मुटुमा नेपाल आदर्श विद्यालयको स्थापना हुनु एउटा ऐतिहासिक घटना भएको बताउनुभयो ।

उहाँले सो विद्यालयका संस्थापकको आदर्श, कर्तव्यपरायणता एवं मातृभूमिप्रति समर्पित कर्मठ विद्यार्थी तयार गर्ने सपनाअनुसार नै विद्यालयको नाम ‘नेपाल आदर्श’ रहनु सधैँ स्मरणीय विषय भएको बताउनुभयो ।

सो क्रममा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, नेपाल बार अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्वविद्यार्थी एवं विद्यालयमा योगदान पु¥याउनेलाई सम्मान गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली