३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

क्यानडा र चीन ‘सञ्चार नियमित गर्न’ सहमत

२४ जेष्ठ २०८२, शुक्रबार १७:१०

काठमाडौँ । तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबीच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ ।

“मार्क कार्नीले चीनका प्रधानमन्त्री ली कियाङसँग कुराकानी गर्नुभएको छ । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्नुका साथै सञ्चारका माध्यमको उपायको महत्वबारे जोड दिनुभएको छ ।

उहाँहरूबीच व्यापारको बारेमा पनि छलफल भएको र ‘फेन्टानिल सङ्कटलाई सम्बोधन गर्न’ सँगै काम गर्न दुबै देशका सरकारहरू प्रतिबद्ध रहेने बताइएको छ ।

सन् २०१८ मा अमेरिकी वारेन्टका आधारमा चिनियाँ टेलिकमका एक वरिष्ठ अधिकारी पक्राउ परेपछि बेइजिङ र ओटावाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बनेको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ प्रधानमन्त्री लीले क्यानडाका समकक्षी कार्नीसँग हालैका वर्षहरूमा चीन–क्यानडा सम्बन्धमा अनावश्यक गडबडी र गम्भीर कठिनाइको सामना गर्नुपरेको बताउनुभएको थियो ।

बढ्दो एकपक्षीयवाद र संरक्षणवादको सामना गर्दै चीन ‘बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई संयुक्त रूपमा कायम राख्न क्यानडासँग मिलेर काम गर्न इच्छुक रहेको’ उहाँले बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कर वृद्धिले दुवै देशलाई निशाना बनाएको भन्दै दुबैले उक्त नीतिको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली