३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरण दिवसमा विद्यार्थीले बनाए फोहर प्लाष्टिकबाट नयाँ सामग्री

२५ जेष्ठ २०८२, शनिबार १५:३६
 काठमाडौँ | विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित बौद्ध अन्तरराष्ट्रिय विद्यालयमा अध्ययनरत विद्यार्थीले काम नलाग्ने प्लाष्टिकका बोत्तललगायत सामग्रीबाट नयाँ चीज बनाएर नमूना काम गरेका हुन् ।
स्वच्छ वातावरण बिना मानिस तथा अन्य जीवको अस्तित्व नै सङ्कटमा आउने विद्यालयमा अध्ययनरत छात्रा श्रीनिका लामा तामाङ बताउँछिन् । भर्खर सात वर्ष लागेकी श्रीनिकाको भविष्यमा चित्रकला क्षेत्रमा लाग्ने रुचि छ । उनी भन्छिन्, “स्वच्छ वातावरणका लागि हामीले दैनिक एउटा बिरुवा रोप्ने र प्लाष्टिक जथाभावी फाल्न हुँदैन ।”
मानवीय कारणले जलवायु परिवर्तन भएको आफूले थाहा पाएको कक्षा ४ मा अध्ययनरत परिष्कृत पन्थ बताउँछन् । उनी बढ्दो सहरीकरण तथा प्लाष्टिकका समस्याले शहर कुरूप भएकोले चिन्तित देखिन्छन् ।
कक्षा ६ मा अध्ययनरत याङ्किला शेर्पाको भविष्यमा रक क्लाइम्विङ पेशा अवलम्बन गर्ने लक्ष्य छ । उनमा चट्टानी पर्वतारोहणको सोखसँगै वातावरणीय परिवर्तनले जीवको अस्तित्व समाप्त हुनेमा चिन्ता पनि छ । उनले सरकार तथा सरोकारवालाले बेवास्ता गर्दा वातावरण थप बिग्रेको छ । उनी भन्छिन्, “हामीलाई वातावरणीय कार्यक्रममा सहभागी गराएपछि जलचर तथा थलचर जोगाउन जानकारी मिलेको छ ।”
कक्षा ८ मा अध्ययनरत श्रीकृष्ण महर्जन भने वायु प्रदूषण रोक्न विद्युतीय सवारीसाधनमा जोड दिनुपर्ने बताउँछन् । भविष्यमा उनको लक्ष्य भनेको विद्युतीय सवारी प्रवर्द्धन गर्ने हो । पछिल्लो समय विश्व तापमान वृद्धिले वायुमण्डलीय अवस्थितिमा परिवर्तन भइरहेको उनको बुझाइ छ । तापमान वृद्धिका कारणले समयमा पानी नपर्ने वा कतै पानी अधिक पर्ने र हिमालयमा हिउँ पग्लने अवस्था आएको उनी बताउँछन् ।
विद्यालयका विज्ञान विभागका विभागीय प्रमुख सुमन श्रेष्ठ विद्यालयमा हाजिरीजवाफ, वक्तृत्व कलालगायतका कार्यक्रम आयोजना नियमित रुपमा भइरहेको बताउनुहुन्छ ।
कक्षा ८ का विद्यार्थीहरूलाई ‘रिड्युस, रिसाइकल र रियुज’ परिकल्पनामा आफ्नो परिवारसँग मिलेर प्रोजेक्ट गर्न लगाएको उहाँले सुनाउनुभयो । सोहीअनुसार विद्यार्थीहरूले फोहर प्लाष्टिकबाट नयाँ विभिन्न सामग्री बनाएका हुन् ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा छिरिङ डोल्कर शेर्पाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले प्रत्यक्ष पारेका प्रभाव र त्यसलाई रोक्न मानिसले कस्ता गतिविधि गर्ने भन्नेमा केन्द्रित भएर ‘क्लाइमेट एक्सन स्टाट्स विथ अस’ मा प्रस्तुति दिएका थिइन् । उनी भन्छिन्, ‘मेरो नारा भनेको ‘सी द माउन्टेन ।’
विद्यार्थीहरूलाई वातावरणमा बढी नै सहज तथा प्रयोगात्मक हिसाबले लाग्न प्रेरणा मिलोस् भनेर यस वर्षदेखि सप्ताहव्यापी कार्यक्रम राखिएको प्रधानाध्यापक हरि लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन