भदौ १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप "/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट पार्टी विभाजन: थापा

२०७४, १२ भाद्र सोमबार १२:२४

भदौ १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाउनुभएको छ । 

पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले तत्कालीन राप्रपा नेपाल तथा राप्रपाबीच भएको एकीकरणपछि मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुन लागेकामा त्यसलाई अवरोध गर्ने उद्देश्यबाट पार्टीका केही नेतालाई साथ लिएर विभाजन गराइएको विचार व्यक्त गर्नुभयो । 

नेपालमा आफ्नो अनुकूल गठबन्धन बनाएर विभिन्न प्रभावमा राख्न चाहने शक्ति अहिले सक्रिय रहेको बताउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजनका लागि केन्द्रीय सदस्य तथा संसदीय दलको न्यूनतम ४० प्रतिशत आवश्यक हुन्छ तर आफ्नो दलमा त्यो नियम लागू हुन सकेन ।” 

अध्यक्ष थापाले ‘निर्वाचन आयोगले दल विभाजनका लागि गरेको निर्णय त्रुटिपूर्ण रहेकाले न्याय प्राप्त गर्न आफूहरुले अदालतमा रिट दर्ता गराएको प्रष्ट पार्नुभयो । उहाँले ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विनाप्रसंग संविधान संशोधनको विषयमा अभिव्यक्ति दिएकाले’ मुलुकको स्वाभिमानमा धक्का लागेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै