2026-08-24 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौँ|  यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले यहाँ आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ । सम्मेलन असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने छ ।
सम्मेलनका संयोजक डा निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताउनुभयो । शदियौँदेखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण रुपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरुमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस हुने संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक(अग्नी शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरुबाट सम्मेलनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले सम्मेलन दलित मुक्तिको लागि कोसेढुङ्गा सवित हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारिक र नविन आन्दोलनको आवश्यकता रहेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन