भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल ह"/>
भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल हुँदा पार्टीले ठूलो क्षेती व्यहोर्नु परेको उनको निष्कर्ष छ । प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले अब पार्टी संगठन चुस्त बन्ने दावी समेत गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विचार, राजनीति र नेतृत्वमा जितेपनि संगठन र चुनावी परिणाममा जित्न नसकेको जिकिर गरे । उनले स्थानीय तहमा माओवादी कम्जोर हुनुमा मुख्य कारण भद्रगोल संगठन भएको बताए । उनले भने 'अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।'
माओवादीकै कारण देशको एकता र समृद्धि सम्भव भएको प्रचण्डले बताए । उनले पार्टी छाडेर अलग भएकाहरुलाई जनताले नरुचाएको भन्दै पार्टी छाड्नेहरुको भविष्य समाप्त हुने ठोकुवा गरे । उनले जनताले दिएको आदेशको अबज्ञा नगर्न भन्दै अलग धारमा लागेकाहरु अब केन्द्रमै फर्कन आग्रह गरे ।
प्रचण्डले पछिल्लो १० महिना माओवादीको लागि निकै फलदायी रहेको समेत बताएका छन् । उनले भने – 'हामीले देशलाई एकतावद्ध गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’ ११ वर्षपछि मधेशमा जागरण आएको बताएका प्रचण्डले मधेसमा माओवादी प्रवेस गर्ने र माओवादीको समर्थनमा लहर सृजना भएको दावी गरेका छन् ।