भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीको निर्वाचन केही बेरमा, उम्मेदवारले १०/१० मिनेट बोल्न पाउने

२०७४, १३ भाद्र मंगलवार ०७:१७

भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । 

पार्टीका प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरुपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिनुभयो । 

माओवादी केन्द्रको सचिवालयले क्रान्तिकारी विद्यार्थीलाई स्वच्छ, मर्यादित भएर प्रतिस्पर्धा गर्न इन्चार्ज हितमान शाक्य र निर्वाचन परिचालन समितिका संयोजक रमेश मल्ललाई जिम्मा दिएको छ । 

प्रवक्ता भुसालले विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ता पार्टीका लागि समान रहेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

क्रान्तिकारीको आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । सहमतिका आधारमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिका संयोजक मल्लले बताउनुभयो । 

अध्यक्षमा रञ्जित तामाङ, मदन अर्याल र अनिल शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । सबै उम्मेदवारलाई बन्दशत्रमा १०/१० मिनेट बोल्न दिएर मत माग्ने व्यवस्था गरिएको छ । पर्चा, पम्प्लेटबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ । उम्मेदवारको नामावली प्रकाशन गर्ने र निर्वाचन प्रक्रिया शुरु गर्ने तयारीमा निर्वाचन समिति लागेको छ । 

संयोजक मल्लले केहीबेरपछि निर्वाचन शुरु हुने जानकारी दिनुभयो । यसअघि सहमतिमा नै नेतृत्व चयन हुँदै आएको क्रान्तिकारीमा यसपटक भने निर्वाचन हुन लागेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै