२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा प्रकरणमा आयोग वा समिति गठन गर्न कांग्रेसको अस्वीकार: रास्वपा सचेतक परियार

२०८२, २७ जेष्ठ सोमबार १५:०८

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले सदनमा देखिएको गतिरोध अन्त्य गर्न विभिन्न दलका नेताहरूसँग छलफल गरिराखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएपछि कांग्रेसले प्रतिपक्षी दलहरूसँग संवाद गर्दै आएको छ।

कांग्रेसका नेताहरूले आज राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेका छन्। उक्त छलफलमा रास्वपाले भिजिट भिसा प्रकरणमा जाँचबुझ आयोग वा संसदीय समिति गठन गरेर जानुपर्ने विषय राखेकोमा कांग्रेसले अस्वीकार गरेको छ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले जाँबुझ आयोग वा संसदीय समिति गठन गर्नुपर्ने कुरा राखे पनि त्यसमा कांग्रेस तयार देखिएन। कांग्रेसले यस विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको भन्दै जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्न नसकिने बताएको छ।

रास्वपासँग छलफलपछि कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सँग छलफल अघि बढाएको छ। सदनको गतिरोध अन्त्य गर्न कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले पहल गर्दै दलहरूसँग संवाद गरिरहेका छन्। यसबीच कांग्रेसले सदनको अवरोध खुलाउन गरेको छलफलहरूमा सहभागी नगराएकोमा एमाले असन्तुष्ट छ।

एमालेका एक नेताका अनुसार कांग्रेस-माओवादी र रास्वपाबीच मात्रै छलफल केन्द्रित भएको देखिन्छ। ‘उहाँहरू बसेर मिलाए भइगो, हामी किन चाहियो, कुनै छलफलमा हामीलाई राखेको अवस्था पनि छैन,’ ती नेताले भने।

एमाले पनि भिजिट भिसा प्रकरणमा कुनै पनि समिति गठन गर्ने पक्षमा छैन। प्रतिनिधि सभा बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइए पनि दलहरूबीच समझदारी नबनेकोले अहिलेसम्म बैठक चल्न सकेको छैन।

सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजेदेखि संसद बैठक बस्ने आशा रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा