११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

१३ भाद्र २०७४, मंगलवार ०८:३७

भदौ १३,काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान गरेको छ । 

महानगरपालिकाले नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा आज सो ह्विल लक प्रदान गरेको हो । जथाभावीरुपमा पार्किङ गरेका सवारी साधनलाई लक गर्नका लागि महानगरपालिकाले महाशाखालाई उक्त सामग्री प्रदान गरेको हो । 

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सफल बनाउन नगर प्रहरीको ठूलो सहयोग रहेको बताउँदै जथाभावीरुपमा गरिने सवारी पार्किङ, फुटपाथ हटाउने र महानगरलाई व्यवस्थित गर्न नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले महानगरपालिकाभित्र गुड्ने सवारी साधनलाई मान्छे टिप्ने र हिँडिहाल्ने वातावरण बनाउन महाशाखाले महानगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्दै फुटपाथका कारण पैदलयात्रुलाई हिँड्न समस्या परेको हुँदा यसलाई सहज बनाउन महानगरपालिका लाग्नुपर्ने बताउनुभयो । 

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउन नगर प्रहरीले महत्वपूर्ण काम गरेको बताउनुभयो । 

२५ वर्ष अगाडि स्थापना भएको नगर प्रहरीमा हाल २०० को हाराहारीमा प्रहरी कार्यरत छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह