काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ । उसले सत्तारूढ दल नेपाली कांग्रेसलाई पत्र लेख्दै भिजिट भिसा प्रकरणको नीतिगत तथा व्यवहारिक समस्याबारे विस्तृत अध्ययनका लागि संसदीय छानबिन समिति बनाउन प्रस्ताव गरेको छ ।
पाँच बुँदामा समेटिएको प्रस्तावमा अख्तियारको अनुसन्धानलाई असर नगर्ने गरी संसदीय छानबिन गर्नुपर्ने भनिएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध हुँदै आएको छ ।
