2026-08-24 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताउनुभयो ।

महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताउनुभयो । “राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो”, उहाँले भन्नुभयो ।

पार्टीभित्र साङ्गठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको भन्दै महासचिव पोखरेलले त्यसविरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । “हाम्रोभित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले एमाले समाजवादको लक्ष्य बोकेर हिँडेको पार्टी भएको भन्दै समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र साङ्गठनिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादलाई ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गर्नुपर्ने भन्दै समृद्ध नेपाल, सुखी नेपालीले समाजवादका आधार तयार पार्ने बताउनुभयो ।

जनसांस्कृतिक महासङ्घका अध्यक्ष भूमिका सुब्बाले पार्टीका गतिविधि कला र संस्कृतिमार्फत जनसमक्ष प्रस्तुत गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन