भास्कर के.सी./भदौ १३, कञ्चनपुर । भाद्र सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । कञ्चनपुर जिल्लाको गौरा मन्दिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./भदौ १३, कञ्चनपुर । भाद्र सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । कञ्चनपुर जिल्लाको गौरा मन्दिर"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा धुमधामका साथ मनाइदै

१३ भाद्र २०७४, मंगलवार १२:२८


भास्कर के.सी./भदौ १३, कञ्चनपुर । भाद्र सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । कञ्चनपुर जिल्लाको गौरा मन्दिर, हल्दुखाल, बनगाउ, झलारी, पिपलाडी, दोधारा, चादनी, बेलौरी लगायत सुदुरपश्चिमका नौ वटै जिल्लाहरुमा धुमधामका साथ गौरा पर्व मनाइदै छ । 

गौराको पहिलो दिन ब्रतालु महिलाहरुले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्दछन् जसलाई बिरुडा भन्ने गरिन्छ ।

विरुडाको रूपमा गहुँ, गहत, मास, केराउ र गुराउँस अन्नहरु भिजाउने चलन रहिआएको छ । त्यसै भोलि पल्ट नजिकको धारा, तलाउ तथा कुवामा गएर फाग गाउदै बिरुडा धुने चलन रहिआएको छ । 

बिरुडा धोइ सकेपछि ५ अथवा ७ कन्याहरू द्धारा सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटहरु नजिकै रहेको खेतवारि वाट ल्याइ गौरा देवीको प्रतिमा बनाई पानिको धारा नजिक पुजा गरिन्छ । 

उक्त पुजा पश्चात गौरादेवीको प्रतिमा लाइ गौरा घरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि गोःरियाहरुले नयाँ वस्त्र,गर गहना धारण गरि शिव र गौरीको पूजाआजा गर्ने गरिएको छ । गौराको मुख्य दिन आज दुर्वाष्टमी अर्थात गौराष्टमीका दिन व्रत बसेर महिलाहरू गौरालाइ गोलवद्ध भइ फाग गाएर पूजा आजागर्नुका साथै गौरालाइ पालै पालो सबै महिलाहरुले टाउको माथी राखेर लोरी गाउदै खेलाउने समेत गर्दछन । 

यसरी अन्त्यमा पुर्व, पश्चिम, उत्तर,दक्षिण तथा आकाशमा पर्ने गरी अर्चना गरिएका बिरुडा फल, द्रव्य आदि प्रसादका रुपमा कपडामा राखेर सबैको हातमा परोस भनि फल फ्टकाउने गरिन्छ । उपासना गर्ने महिलाहरुले प्रसाद स्वरुप घाटिमा दुब्धाको लगाउने गर्दछन ।

सोही दिन महिलाहरुले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना परिवारका सम्पूर्ण सदस्यहरुको टाउको पुजी आर्शीवाद समेत दिने गर्दछन् । यस पर्वमा महिलाहरुले आफनो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन भने युवतीहरुले राम्रो वर प्राप्तीको कामना गर्ने गर्दछन् । 

गोःरादेविलाइ विर्सजन नगरुन्जेल प्रतिदिन पुजा गरिन्छ भने उचित साइत हेरि द्धादशी या पूर्णीमाका दिन गौरादेवीलाइ विर्सजन गरि माइँत पठाउने चलन छ । यसरी गौरा विर्सजनका बेला खेलिने डेउडा, ढुस्को, धुमारि खेलमा माँइत गएकी गौरा लाइ फेरि अर्को वर्ष वोलाउने बाँचा गर्दै गौरा पर्व सम्पन्न गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह