३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताए

२८ जेष्ठ २०८२, मंगलवार १४:२९

काठमाडौँ | उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतिलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए । मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दवावमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरूले समस्याको वर्णन नभइ समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे।

अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरू निरन्तर अघि बढ्ने स्पष्ट पारे। बाञ्चित सीमाभित्र रहेर अहिले अनुशासित ढंगले बजेट निर्माण भएको र बजेटमार्फत् आएका नीतिगत प्रबन्धले निजी क्षेत्र समेत उत्साहित देखिएको उनले बताए । त्यस्तै पौडेलले मौद्रिक नीति र वित्तनीतिमा सहि सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने स्पष्ट पारे। उनले मौद्रिक नीति र वित्तनीतिबीच समन्वय हुनुपर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भनाइ सकारात्मक रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली