बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आ"/>
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आ"/>
भदौ १४, काठमाडौं । सरकारले संघ र प्रदेशको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो ।
यसअघि सरकारले दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो ।
सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन । निर्वाचन आयोगले सुरुमै तयारी गर्न नभ्याइने भन्दै चुनाव दुई चरणमा गर्न सुझाए पनि सरकारले एकै दिन एकै चरणमा प्रदेश र संघको चुनाव गर्ने निर्णय गरेको थियो ।
आयोग आग्रहपछि फेरि बुधबार दुई चरणमा चुनाव गर्ने निर्णयमा सरकार पुगेको हो ।