२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालका तस्बिर प्रदर्शनीबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने

२०८२, २८ जेष्ठ मंगलवार १७:३०
काठमाडौँ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले पछिल्लो  समय देशका प्राकृतिक र सांस्कृतिक सम्पदाका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय समाचार समिति (रासस)ले प्रचारात्मक काम गरेको गरिरहेको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले  नेपालका राष्ट्रिय गौरवका रुपमा रहेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो,“पर्यटक भित्र्याउन आवश्यक प्रचारात्मक व्यवस्था गरिनुपर्छ, अहिले हामीले उनीहरुलाई जाहेजस्तो सेवा सधिवा उपलब्ध गर्न सकेका छैनौँ । पाहुँनालाई सेवा सुविधा राम्रो दिन सक्यौँ भने पर्यटककै देशको आर्थिक विकासमा टेवा पुग्न सक्छ ।”
देशको अर्थतन्त्रमा कसरी विकास हुन सक्छ भन्नेमा राजनीतिक दल र सरकारले गहन अध्ययन र मेहनत गर्न आवश्यक रहेको जनाउँदै सभापति थापाले भन्नुभयो “अरुसँग माग्ने ल्याउने र वितरण गर्ने प्रवित्तिले  देशको विकास हुन सक्दैन । सबै चिज भएर पनि देशलाई राम्रोसँग विकास गरेको भए निकै समृद्ध भइसक्थ्यो ।”
त्यसअघि सभापति थापालाई प्रदर्शनीस्थलमा स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा देशका हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समेटिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा