१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट, ७ राउन्ड गोली चालाएर नियन्त्रणमा लगियो

२९ जेष्ठ २०८२, बुधबार १३:४१

काठमाडौँ | काठमाडौँको टोखामा प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट हुँदा मंगलबार प्रहरीले ७ राउन्ड गोली चलायो । खैरो हेरोइन कारोबार गर्नेहरूले प्रहरीलाई आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।

कारोबारीको आक्रमणमा परेर लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी हवलदार नवराज घिसिङ र प्रहरी सहायक हवलदार रवीन्द्र केसी घाइते भएका छन्| घिसिङको बायाँ घुँडामा र केसीको दायाँ पाखुरामा चोट लागेको ब्युरोका एसएसपी कोइरालाले बताए | कारोबारीले प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागी गोली चलाएका हौँ – उनले भने , हामीले  ४ राउन्ड हवाई फायर र ३ राउन्ड गोली चलाउनुपरेको थियो | प्रहरीको गोली लागेर भारतको वेस्ट बङ्गाल घर भएका ४० वर्षीय सशिक आलम र बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम घाइते भएका छन् । अहिले उनीहरुको ट्रमा सेन्टरमा उपचार हुँदै छ । उनीहरूले प्रहरीलाई रड प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । स्पिकर भित्र लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको एसएसपी कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार