१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले राजीनामा आउँदैन,धेरैमा संसदीय छानबिन के बनाउने भन्नेमा छलफल भइरहेको छ: सरकारका प्रवक्ता

२९ जेष्ठ २०८२, बुधबार १३:५५

काठमाडौँ | सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिट्टै सञ्चालनमा आउने बताएका छन्।

मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता गुरूङले केही दिनमै बैठक सञ्चालन हुने बताए।

भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्।

अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरू गरेको र कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीको राजीनामा नआउने पनि उनले बताए।

‘संसद अवरुद्ध भएको धेरै दिन भइसकेको छ। अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरू गरेको छ। गृह मन्त्रालयको एउटा कर्मचारीमाथि। एउटा कर्मचारीमाथि छानबिन हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन,’ उनले भने, ‘अहिले संसद जसरी अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ। आज सम्भवतः संसद खुल्न सक्ने सम्भावना छ। गृहमन्त्रीले राजीनामा दिनेकुरा पनि आउँदैन। धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ। हाम्रो उठिरहेका प्रश्नको संसदमा धारणा राख्ने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेटसम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौं।’

मन्त्री गुरूङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार