2026-09-16 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दियो

काठमाडौं । काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ। बिहीबार बिहान ९:४० बजे थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको हो।

बा १ घ ४१८८ नम्बरको टेम्पोको ठक्करबाट घाइते भएकी प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।

उनका अनुसार प्रहरी जवान शाहको बाहिरी चोट देखिएको छैन। ‘बाहिरी चोट केही देखिएको छैन। भित्री चोट छ कि भनेर उपचार भइरहेको छ,’ उनले भने।

टेम्पो त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाने क्रममा दुर्घटनामा परेको हो। प्रहरीले टेम्पो र चालक नम्फा लामालाई नियन्त्रणमा लिएको छ। चालक र टेम्पो ट्राफिक प्रहरी प्रभाग थापाथलीमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग