भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवे"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? (७७ जिल्लाकै विवरण हेर्नुहोस)

१४ भाद्र २०७४, बुधबार १७:२८

गोपाल चन्द | भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानबमोजिम संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ ।

प्रदेस संरचना अनुसार ७ प्रदेश मध्ये एक नम्बर प्रदेशमा २८ क्षेत्र, २ नम्बर प्रदेशमा ३२ क्षेत्र, ३ नम्बर प्रदेशमा ३३ क्षेत्र, ४ नम्बर प्रदेशमा १८ क्षेत्र, ५ नम्बर प्रदेशमा २६ क्षेत्र, ६ नम्बर प्रदेशमा १२ क्षेत्र र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश संरचनामा सबैभन्दा बढी क्षेत्र ३ नम्बर प्रदेशमा ३३ क्षेत्र र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ क्षेत्र निर्धारण भएका छन् । जनाशंख्याको आधारमा प्रदेश नम्बर २ मा ८ जिल्लामा ४/४ निर्वाचन क्षेत्र गरि ३२ क्षेत्र निर्धारण भएको छ । 

एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरु:

  1. ताप्लेजुङ
  2. पाँचथर
  3. धनकुटा
  4. तेह्रथुम
  5. संखुवासभा
  6. भोजपुर
  7. सोलुखुम्बु
  8. ओखलढुंगा
  9. खोटाङ
  10. रामेछाप
  11. दोलखा
  12. रसुवा
  13. लम्जुङ
  14. मनाङ
  15. मुस्ताङ
  16. म्याग्दी
  17. पर्वत
  18. अर्घाखाँची
  19. प्युठान
  20. रोल्पा
  21. रुकुम पूर्व
  22. रुकुम पश्चिम
  23. सल्यान
  24. जाजरकोट
  25. डोल्पा
  26. जुम्ला
  27. कालिकोट
  28. मुगु
  29. हुम्ला
  30. बाजुरा
  31. बझाङ
  32. डोटी
  33. डडेलधुरा
  34. बैतडी
  35. दार्चुला 

दुई ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

  1. इलाम
  2. उदयपुर
  3. सिन्धुली
  4. सिन्धुपाल्चोक
  5. काभ्रे
  6. भक्तपुर
  7. नुवाकोट
  8. धादिङ
  9. मकवानपुर
  10. गोरखा
  11. तनहुँ
  12. स्याङ्जा
  13. बाग्लुङ
  14. नवलपरासी सुस्ता पूर्व
  15. नवलपरासी सुस्ता बर्दघाट पश्चिम
  16. पाल्पा
  17. गुल्मी
  18. बर्दिया
  19. सुर्खेत
  20. दैलेख
  21. अछाम 

    तीन ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

    1. ललितपुर
    2. चितवन
    3. कास्की
    4. कपिलवस्तु
    5. दाङ
    6. बाँके
    7. कञ्चनपुर

      चार ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

      1. सुनसरी
      2. सिराहा
      3. सप्तरी
      4. धनुषा
      5. महोत्तरी
      6. सर्लाही
      7. रौतहट
      8. बारा
      9. पर्सा

        पाँच ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

        1. झापा
        2. रुपन्देही
        3. कैलाली

        त्यस्तै मोरङ जिल्लामा ६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ भने काठमाडौँमा १० वटा निर्वाचन क्षेत्र निर्धारण भएको आयोगले जनाएको छ ।

        प्रतिक्रिया दिनुहोस्

        मुख्य समाचार
        भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट