भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवे"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवे"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? (७७ जिल्लाकै विवरण हेर्नुहोस)

२०७४, १४ भाद्र बुधबार १७:२८

गोपाल चन्द | भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानबमोजिम संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ ।

प्रदेस संरचना अनुसार ७ प्रदेश मध्ये एक नम्बर प्रदेशमा २८ क्षेत्र, २ नम्बर प्रदेशमा ३२ क्षेत्र, ३ नम्बर प्रदेशमा ३३ क्षेत्र, ४ नम्बर प्रदेशमा १८ क्षेत्र, ५ नम्बर प्रदेशमा २६ क्षेत्र, ६ नम्बर प्रदेशमा १२ क्षेत्र र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश संरचनामा सबैभन्दा बढी क्षेत्र ३ नम्बर प्रदेशमा ३३ क्षेत्र र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ क्षेत्र निर्धारण भएका छन् । जनाशंख्याको आधारमा प्रदेश नम्बर २ मा ८ जिल्लामा ४/४ निर्वाचन क्षेत्र गरि ३२ क्षेत्र निर्धारण भएको छ । 

एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरु:

  1. ताप्लेजुङ
  2. पाँचथर
  3. धनकुटा
  4. तेह्रथुम
  5. संखुवासभा
  6. भोजपुर
  7. सोलुखुम्बु
  8. ओखलढुंगा
  9. खोटाङ
  10. रामेछाप
  11. दोलखा
  12. रसुवा
  13. लम्जुङ
  14. मनाङ
  15. मुस्ताङ
  16. म्याग्दी
  17. पर्वत
  18. अर्घाखाँची
  19. प्युठान
  20. रोल्पा
  21. रुकुम पूर्व
  22. रुकुम पश्चिम
  23. सल्यान
  24. जाजरकोट
  25. डोल्पा
  26. जुम्ला
  27. कालिकोट
  28. मुगु
  29. हुम्ला
  30. बाजुरा
  31. बझाङ
  32. डोटी
  33. डडेलधुरा
  34. बैतडी
  35. दार्चुला 

दुई ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

  1. इलाम
  2. उदयपुर
  3. सिन्धुली
  4. सिन्धुपाल्चोक
  5. काभ्रे
  6. भक्तपुर
  7. नुवाकोट
  8. धादिङ
  9. मकवानपुर
  10. गोरखा
  11. तनहुँ
  12. स्याङ्जा
  13. बाग्लुङ
  14. नवलपरासी सुस्ता पूर्व
  15. नवलपरासी सुस्ता बर्दघाट पश्चिम
  16. पाल्पा
  17. गुल्मी
  18. बर्दिया
  19. सुर्खेत
  20. दैलेख
  21. अछाम 

    तीन ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

    1. ललितपुर
    2. चितवन
    3. कास्की
    4. कपिलवस्तु
    5. दाङ
    6. बाँके
    7. कञ्चनपुर

      चार ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

      1. सुनसरी
      2. सिराहा
      3. सप्तरी
      4. धनुषा
      5. महोत्तरी
      6. सर्लाही
      7. रौतहट
      8. बारा
      9. पर्सा

        पाँच ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

        1. झापा
        2. रुपन्देही
        3. कैलाली

        त्यस्तै मोरङ जिल्लामा ६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ भने काठमाडौँमा १० वटा निर्वाचन क्षेत्र निर्धारण भएको आयोगले जनाएको छ ।

        प्रतिक्रिया दिनुहोस्

        मुख्य समाचार
        आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै