२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई

२०८२, ३० जेष्ठ बिहीबार १४:४०
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताउनुभयो । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताउनुभयो ।
“नेपाल सुन्दरता र पर्यटकीय दृष्टिकोणले निकै आर्कषक गन्तव्य हो,” मन्त्री राईले भन्नुभयो, “कतिपय स्थानमा म पुगेको पाएको छैन, तस्बिी हेर्दा आफँै पुगेजस्तो लाग्यो पर्यटकको आकर्षक गन्तव्य, प्राकृतिक सुन्दरता र सम्भावना तबस्बरमा झल्किन्छ ।”
मन्त्री राईले नेपालमा केही सम्भावना छैन भन्ने समूहलाई तस्बिरले धेरै सम्भावना देखाएको उल्लेख गनुभयो । उहाँले भन्नुभयो, “नेपालमा केही छैन भन्ने प्रचार पनि गराउन खोजिएको छ, नेपालमा पर्वतीय पर्यटनका क्षेत्रमा धेरै सम्भावना छ ।”
मुलुकमा गणतन्त्रको स्थापना भएपछि सदरमुकासम्म पुगेको सडक अहिले हरेक गाउँपालिका पुगिरहेको र सूचना प्रविधिको राम्रो विकास भइरहेको उहाँको भनाइ थियो । “प्राकृतिक हिसावले निकै सुन्दर छ, नेपाल बस्नका लागि अत्यन्तै सुन्दर देश हो, जाडो मन पराउनेलाई चिसो, गर्मी मन पर्नेलाई गर्मी यही छ,” मन्त्री राईले भन्नुभयो, “सरकारले विकासका लागि पर्यटन प्रवर्द्धनमा राम्रो प्रयत्न गरेको छ, हिमाल, ताल, गुम्वा, ऐतिहासिक गाउँ, बहुभाषी, बहुजाती भएको देश हो ।”
मन्त्री राईले जलवायु परिर्वतनले नेपालमा ठूलो असर पारेको र त्यसका दोष विकसित देशको भएको बताउनुभयो । “मुलुकको सम्भावना देखाउन राससले आयोजना गरेको तस्बिर प्रदर्शनीमार्फत जे प्रयास गरिहेको छ, यो देश र जनताको हितमा काम गरिरहेको छ,” मन्त्री राईले भन्नुभयो, “नेपालमा पर्याप्त सम्भावना छ भनेर प्रष्ट तस्बिरमा देखाएको छ ।”
यसअघि आजै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा अध्ययनरत ४० जना  विद्यार्थीले तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् । अवलोकनपछि उक्त प्रतिष्ठानका टसि शेर्पाले राससले मुख्य काम समाचार सम्प्रेषणका साथै मुलुकका प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि आयोजना गरेको तबस्बर प्रदर्शनी प्रशंसनीय भएको बताउनुभयोे ।
सो प्रतिष्ठानमा अध्ययनरत छात्रा जेनिफर न्यौपानेले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्यको प्रचारप्रसारले मुुलुकको समृद्धिको टेवा पुग्ने बताउनुभयो । सोही प्रतिष्ठानमा अध्ययनरत छात्र साइरस कार्कीले पर्यापर्यटनको प्रचारप्रसारमा यस तस्बिर प्रदर्शनीले योगदान गर्ने बताउँदै आगामी दिनमा डिजिटल माध्यमबाट समेत प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु