काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज भेटवार्ता गरेका छन्।
भेटवार्तामा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर सहभागी थिए। माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसँगै उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।
प्रचण्डले छलफलमा संसद् सञ्चालन सम्बन्धी विषयमा कुराकानी भएको र विपक्षी दलहरूसहित अन्य सरोकारवाला पक्षसँग परामर्श गरी आवश्यक निर्णय लिइने बताए।
अध्यक्ष नेपालले संसद् सञ्चालनका लागि सहमतिको आधारमा मध्यमार्गीय उपाय खोजिनुपर्ने विषयमा छलफल भएको बताएका छन्।