२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पर्यटन युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र हो’:

३० जेष्ठ २०८२, बिहीबार १६:०२
काठमाडौं ।  राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि  उहाँले नेपाल पर्यटकीय रुपमा सुन्दर राष्ट्र भएकाले यस क्षेत्रमा युवालाई आत्मनिर्भर बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
“प्रदर्शनीमा राखिएका तस्बिरले दिन खोजको भाव अपरम्पार छ, हाम्रो देश पर्यटकीय गन्तव्य हो,” अध्यक्ष थेवेले भन्नुभयो, “देशको तीव्र आर्थिक उन्नति, समृद्ध राष्ट्र बनाउने र आम युवालाई आत्मनिर्भर बनाउने उद्देश्य बोकेर हिँडेका छौँ, त्यसको महत्त्वपूर्ण पाटो पर्यटन पनि हो ।”
मुलुकको सिङ्गो पर्वतीय पर्यटनको झल्को दिने गरी तस्बीर प्रदर्शनीमा राखिएको उहाँको प्रतिक्रिया छ । “नेपालमा युवा छैनन् भन्ने भाष्य निर्माण गर्नुहुँदैन, नेपालमा असाधारण सम्भावना छ, विश्वको उत्कृष्ट विश्वविद्यालयमा पढेर आफ्नै देश फर्किएर राम्रा उद्यमी बनेका छ्न,” उहाँले थप्नुभयो, “आगामी बजेट पनि युवा र उद्यमीमैत्री भएको छ, युवालाई सरकारले सहुलियत पूर्ण ऋण उपलब्ध गराएर उद्यमी बनाइ नेपालमै राख्ने अभियानमा हामी छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने