Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’

२०८२, ३१ जेष्ठ शुक्रबार १४:२७
काठमाडौँ । नेपालको अपराध अनुसन्धानमा सहभागी नेपाल प्रहरी र अभियोजनमा संलग्न हुने सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनमा सहभागी सरकारी उच्चअधिकारी तथा प्रहरी अधिकृतहरूले प्रमाण र तथ्यका आधारमा वस्तुनिष्ठ अनुसन्धान र अभियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
समारोहमा गृहमन्त्री रमेश लेखकले लोककल्याणकारी राज्यको पूर्वसर्त न्याय भएको बताउँदै त्यसका लागि वस्तुनिष्ठ अनुसन्धान र अभियोजन नै भएको उल्लेख गर्नुभयो । उहाँले पीडितलाई उपयुक्त न्याय दिन सक्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री लेखकले प्रविधिको उच्चतम उपयोगमार्फत अनुसन्धान र अभियोजनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कतिपय अवस्थामा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलबीच समन्वयको अभाव हुने गरेको बताउँदै उहाँले यसमा समन्वय बढाउन सुझाव दिनुभयो ।
महान्यायाधिवक्ता रमेश बडालले प्रविधिको अधिकतम उपयोगमार्फत अनुसन्धान र अभियोजन बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कसुरदारले प्रयोग गर्नेभन्दा उच्चतम प्रविधि भित्र्याउन जरूरी छ, यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।”
महान्यायाधिवक्ता बडालले कतिपय अवस्थामा प्रमाणका आधारमा अनुसन्धान र अभियोजन नहुने गरेको देखिएको भन्दै प्रमाण नै नभएका अपराधमा कसुर तोकेर अभियोजन हुँदा आफ्नै शिर निहुरिने गरेको स्मरण गराउनुभयो ।
सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले अपराध अनुसन्धानमा प्रविधिले एकातर्फ सहज र अर्काेतर्फ जटिल बताएको बताउँदै सोहीअनुसार जनशक्ति र स्रोतसाधन तयार गर्नुपर्नेमा जोड दिनुभयो । कतिपय अवस्थामा प्रहरीभन्दा चोर अगाडि भन्ने भनाइ चरितार्थ गर्ने खालका गतिविधि भएको देखिने गरेको भन्दै उहाँले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो । “कतिपय अवस्थामा प्रमाण नै नपुगी हदैसम्मको सजायको मागदाबी गर्ने गरेको पाइन्छ । जति अपराध गरेको हो, प्रमाणले जे बोल्छ त्यही अनुसारको कसुर माग दाबी हुनुपर्ने पर्छ । यसमा सचेत बनौँ”, मुख्य रजिष्ट्रार ढकालले भन्नुभयो ।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले प्रहरी र सरकारी वकिलको रचनात्मक समन्वयले मात्रै फौजदारी न्याय प्रणाली प्रभावकारी हुने उल्लेख गर्नुभयो । अनुसन्धान र अभियोजनकर्ता एकअर्काका अभिन्न अङ्क भएकाले समन्वय बढाउन सुझाव दिनुभयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजय मिश्रले जस्तोसुकै जाहेरी परे पनि तुरुन्तै पक्राउ पुर्जी जारी गरेर समातिहाल्ने प्रवृत्ति देखिएकातर्फ ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिले कानुन प्रणालीमा नै जटिलता पैदा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “साँच्चै पक्राउ गर्नुपर्ने हो होइन भन्ने कुरा यकिन गरेर मात्रै पक्राउ पुर्जी जारी गर्नुपर्छ, प्रमाणहरू सोहीअनुसारको जुटाउनुपर्छ, तब मात्रै पक्राउ गर्नुपर्छ ।” फौजदारी न्याय प्रणालीलाई सुधार गर्दै थप प्रभावकारी बनाउन जरुरी रहेको अध्यक्ष मिश्रको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले यसअघि विसं २०७३ र २०७६ मा सम्मेलन गरिएको र तेस्रो सम्मेलनमार्फत अपराधको अभियोजन र अनुसन्धानमा देखिएका कमीकमजोरी हटाउने र प्रभावकारी बनाइने बताउनुभयो ।
शनिबारसम्म सञ्चालन हुने सम्मेलनमा अपराध अनुसन्धानमा सहभागी प्रहरी र अभियोजनमा संलग्न सरकारी वकिल गरी १७० जनाको सहभागिता रहेको छ । जिल्लाका अधिकृतहरू ‘भर्चुअल’ रूपमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै